काठमाडौं। पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जबरजस्ती करणीको उद्योग गरेको अभियोगबाट आजै सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा गैरजिम्मेवार टिप्पणी गरेका छन्।
पूर्वसभामुख महराले सफाइ पाएकोसम्बन्धी बीबीसी नेपाली सेवाको समाचार ‘कोट रिट्वीट’ गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्- मियाँ बीबी राजी तो क्या करेगा काजी !
उनले महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने आफ्नो अनुमान रहेको र त्यसैअनुरुप फैसला आएको पनि बताएका छन् ।
आफू सधैँ समानताको पक्षमा उभिने दाबी गर्ने भट्टराईको टिप्पणीमा अर्को हास्यास्पद तर्क पनि छ। उनले लेखेका छन्- जे हुनु भैगयो ! अब बृहद सामाजिक/राष्ट्रिय मुद्दामा केन्द्रित होऔं !’
महरामाथि लागेको अभियोगमा सुनुवाइ गर्दै ‘ट्रयाल कोर्ट’ले मात्रै उनलाई सफाइ दिएको हो। आफूहरूले पेश गरेका प्रमाणको उचित मूल्यांकन नभएको भन्दै फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि महरालाई सफाइ दिने काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सरकारी वकीलको कार्यालयले बताइसकेको छ।
भट्टराईको यस्तो टिप्पणीले ‘घटना भएकै होइन’ भन्ने महरा र पीडित भनिएकी महिलाको दाबीलाई पनि खण्डन गर्छ।
‘जे हुनु भैगयो’ भन्ने भट्टराईको यस्तो आग्रह पुनरावेदन गर्ने सरकारी वकीलको तयारीको विपरीत पनि देखिन्छ।
महरामाथिको अभियोग अरु माथिल्लास्तरका अदालतमा परीक्षण हुने सम्भावना बाँकी नै छ। यस्तो अवस्थामा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि सभामुख पदमा बहाल रहँदै यौन हिंसा गरेको भन्ने अभियोगलाई ‘मियाँ बीबी राजी तो क्या करेगा काजी’ भन्ने जस्तो हलुका र गैरजिम्मेवार टिप्पणी पूर्वप्रधानमन्त्री भट्टराईबाट आएको छ।
उनको यस्तो टिप्पणीले ‘घटना भएकै होइन’ भन्ने महरा र पीडित भनिएकी महिलाको दाबीलाई पनि खण्डन गर्छ।
यो एउटा वाक्यले मात्र नभएर भट्टराईको सम्पूर्ण ट्वीटले पनि त्यही भाव व्यक्त गर्दछ। उनले लेखेका छन्- ‘महराको मुद्दा कानूनी नभएर नैतिक हो भन्ने मेरो अनुमान अनुरूप नै फैसला आएछ ! सायद सत्य त्यही हो! मियाँ बीबी राजी तो क्या करेगा काजी जो भनिन्छ ! तैपनि सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनैपर्छ ! जे हुनु भैगयो ! अब बृहद सामाजिक/राष्ट्रिय मुद्दामा केन्द्रित होऔं !’