नलगाड जलविद्युत आयोजनाको मुआब्जा वितरणको बाटो खुल्यो
जाजरकोट। नलगाड जलविद्युत् आयोजनाको लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ।

५ फागुनमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा टुंग्याएको छ।

मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी माग सम्बोधन भएपछि मुआब्जा वितरणको बाटो खुलेको हो।

पीडितले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री वर्षमान पुनलगायतलाई भेटेर मुआब्जाको रकम बढाउन माग गरेका थिए।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार चार हजार ६०५ रोपनी जग्गाको मुआब्जा वितरणको कुरा टुंगो लागेको छ।

प्रतिरोपनी छ लाखका दरले मुआब्जा रकम दिने सहमतिपछि विवाद मत्थर भएको प्रजिअ पन्तले बताए।

अहिले आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा पुगेको आयोजनाले जानकारी दिएको छ।

विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को जिम्मा अष्ट्रेलियाको स्मेक इन्टरनेशनल प्रालि, अमेरिकाको एमडब्लुएच इन्टरनेशनल आरएनसी र नेपाली उदय कन्सल्टेन्सीले लिएका छन्।

जापानी व्यवसायी एवं जाइकाले नलगाड जलविद्युत् आयोजना निर्माणका लागि इच्छासमेत देखाएका छन् । आयोजना निर्माणका लागि १२३ अर्ब लाग्ने अनुमान गरिएको छ।

वातावरणीय व्यवस्थापन अनुमानित लागत  ५६ अर्ब लाग्ने आयोजनाले बताएको छ।

साढे छ वर्षभित्र निर्माणकार्य पूरा गर्ने लक्ष्य लिइएको छ।

आयोजनाको बाँध भरिँदा ४७४ करोड घनमिटर पानी भण्डारण हुनेछ। यो समुद्र सतहदेखि एक हजार ५८० सम्मको उचाइमा पुग्ने छ।

५४५ मिटर चौडाइ र २१० मिटर अग्लो जलाशय हुनेछ । आठ हजार ३०० मिटर लामो भूमिगत सुरुङ निर्माण गरी ४१७ मेगावाट विद्युत् उत्पादन हुने डिपिआरमा उल्लेख छ ।

सरकारले आयोजना प्रभावित ६५७ भन्दा बढी घरपरिवारलाई दुई अर्ब ७२ करोड मुआब्जा बाँड्ने तयारी थालेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्