चीनमा एकैदिन झन्डै १९ सय जनामा कोरोनाको संक्रमण

काठमाडौं। चीनमा एकैदिन (सोमबार) ९८ जनाको मृत्यु भएको छ। थप एक हजार ८८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

चिनियाँ स्वास्थ्य आयोगले जनाए अनुसार त्यहाँ हालसम्म ७२ हजार ४३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै अहिलेसम्म एक हजार ८६८ जनाको मृत्यु भएको जनाइएको छ।

कोरोनाको संक्रमण फैलिएको केन्द्र हुबेइ प्रान्तको राजधानी वुहानमा मात्र १६ सय जना कोरोना भाइरसबाट प्रभावित नयाँ विरामी फेला परेका हुन्। र, ९३ जनाको मृत्यु भएको हो।

चिनियाँ स्वास्थ्य आयोगका अनुसार हिजोमात्र कोरोना भाइरस संक्रमित एक हजार ७०१ जना निको भएर घर फर्किएका छन्।

चीनबाहिर कोरोना भाइरसको संक्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको छ। ताइवान, हङकङ, फिलिपिन्स, जापान र फ्रान्समा एक-एक जनाको मृत्यु भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्