वुहानबाट विद्यार्थी लिएर आएको जहाजको क्वारेन्टाइन अवधि पूरा, आज कतार जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० जहाजको क्वारेन्टइन अवधि पूरा भएको छ।

चीनको वुहानबाट नेपाली विद्यार्थी लिएर आएपछि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार जहाजलाई क्वारेन्टाइनमा राखिएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त जहाजलाई रिमोट पार्किङ–वेमा छुट्टै पार्किङ गरिएको थियो। क्वारेन्टाइन अवधि पूरा गरेपछि उक्त जहाजले आज साँझदेखि उडान भर्न लागेको हो।

जहाजले आज साँझ कतारको राजधानी दोहाको उडान भर्दै छ।

जहाजले ४ फागुनको बिहान ३ः२२ बजे चीनको वुहानबाट १७५ जना नेपाली विद्यार्थी लिएर आएको थियो। विद्यार्थीहरूलाई भने भक्तपुरमा दुई साताको लागि क्वारेन्टाइनमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्