एमसीसी नेपालको हितमा छ: राप्रपा अध्यक्ष थापा
आज बुटवलमा पत्रकारसँगको कुराकानीमा उनले एमसीसीबारे नागरिकमा रहेको आशंका हटाउन सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।
“सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, त्यो चिर्ने काम सरकारले गर्नुपर्छ", थापाले भने, “एमसीसी संसद्मा पारित हुने विषय ठूलो नभए पनि आधिकारिक धारणासहित कार्यान्वयनमा लैजानुपर्छ।"
“विगतमा अस्थिरताबाट जनता वाक्क भएका छन्। सरकार ढाल्ने कुरामा जनताको रुचि छैन”, अध्यक्ष थापाले भने, “जनतालाई स्थिर सरकार चाहिएको छ ।”
विगतको निर्वाचनमा भोग्नुपरेको पराजयबाट पाठ सिकेर कमजोरी हटाउँदै राप्रपालाई देशको अग्रणी पार्टीको रूपमा अघि बढाउने अभियानमा लागेको थापाले दाबी गरे।
आफ्नो पार्टीलाई हिन्दू राज्य र राजसंस्थासँग मात्रै जोडेर नहेर्न उनको आग्रह थियो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्