काठमाडौं। नेपाल भ्रमणवर्षलाई जोडेर महाशिवरात्रीलाई भव्य रूपमा मनाउन आज शोभायात्रा गरिएको छ।
महाशिवरात्रीमा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
यो वर्ष महाशिवरात्री पर्व ९ फागुनमा परेको छ।
आज बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट शुरू भएको शोभायात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो।
यात्रामा साधुसन्त, महन्तको साथमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोली सहभागी थिए।
कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्री मूल समारोह समारोह समिति लगायत पनि शोभायात्रामा भेला भएका थिए।
" /> काठमाडौं। नेपाल भ्रमणवर्षलाई जोडेर महाशिवरात्रीलाई भव्य रूपमा मनाउन आज शोभायात्रा गरिएको छ।महाशिवरात्रीमा धेरै धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित शोभायात्रा गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

">