कोरोना भाइरसको संक्रमणबाट वुहान अस्पतालका निर्देशकको मृत्यु
काठमाडाैं। वुहान अस्पतालका वरिष्ठ चिकित्सकको नोबेल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

महामारीको केन्द्र वुहानमा दशौं हजार बिरामीको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरूले समेत ज्यान गुमाएका छन्।  तीमध्ये यी डाक्टरको मृत्यु पछिल्लो घटना हो।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार वुहान वुचाङ अस्पतालका निर्देशक, न्यूरो सर्जरी विशेषज्ञ लिउ चिमिङको आज बिहान निधन भएको हो।

यसअघि वुहानमा नोबेल कोराना भाइरसको संक्रमण फैलिनसक्ने पहिलोपटक चेतावनी दिने ३४ वर्षिय चिकित्सक ली वेनलियाङको पनि निधन भएको थियो।

यस्तो निधनले उपचारमा खटिरहेका स्वाथ्यकर्मीहरूले भोगिरहेको जोखिम देखाउँछ।  चीनको राष्ट्रिय चिकित्सा आयोगका अनुसार उपचारमा खटिएका एक हजार सात सय जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित छन् र तीमध्ये छ जनाको मृत्यु भएको छ।

वुहान शहर र हुबेई प्रान्त आसपासका अन्य शहरका स्वास्थ्यकर्मी धेरै संक्रमित भएका छन्।

यो माहामारीबाट एक हजार आठ सय जनाको मृत्यु भइसकेको छ भन् ७३ हजार व्यक्ति संक्रमित भएका छन्।

चीनले देशभरबाट स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रका मानिसको उपचार र रेखदेखमा खटाएको छ।

२ फागुनदेखि बेइजिङ र सांहाई जस्ता शहरका सुविधासम्पन्न अस्पतालका विशेषज्ञ चिकित्सकहरूसहित करीब २५ हजार स्वास्थ्यकर्मीलाई हुबेईमा खटाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्