काठमाडौं। मेलम्ची खानेपानी आयोजना अन्तर्गतका कतिपय उपकरणहरू प्रयोगमा नल्याइँदा नष्ट हुने अवस्थामा पुगेका छन्। सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु प्रयोगमा नआउँदा नष्ट हुने अवस्थामा पुगेका हुन्।

महत्वपूर्ण उपकरणहरू नष्ट हुँदैगर्दा समेत आयोजनाले त्यसको संरक्षणमा चासो देखाएको छैन। यसअघि मेलम्चीको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले यी उपकरणहरू प्रयोग गरेको थियो। तर नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले प्रयोग नगर्दा ती उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका हुन् ।

करोडौं मूल्य पर्ने यी उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भएपनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएको छ।

अलपत्र परेका उपकरणहरू के कति कारणले प्रयोगमा नआएको हो र कसको स्वामित्वमा छ भन्नेमा संसदीय समितिले चासो देखाएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले उपकरणहरू अलपत्र रहेको क्षेत्रमा पुगेर अनुगमन गरेको छ।

समितिका सभापति तारादेवी भट्टले अलपत्र परेका यी उपकरणहरु राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने बताइन्। उनले मेलम्चीमा ठुलो घाटा भइरहँदा उपकरणहरु नष्ट हुनु र प्रयोगमा नआउनुले अझबढी नोक्सान हुने भएका हुँदा यस विषयमा अनुसन्धान थालिएको जानकारी दिएकी छन्।

सरकारले आउँदो असारसम्म मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गर्ने तयारी गरिरहेको छ। गत साता खानेपानी मन्त्रालयले श्वेतपत्र जारी गर्दै असारभित्रै मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गरिने घोषणा गरेको थियो।

आयोजनाका यस्ता महत्वपूर्ण उपकरणहरू प्रयोगमा नआई अलपत्र रहँदा अझ बढी नोक्सानी हुने निश्चित जस्तै छ। समिति सभापति भट्टले भएका उपकरणको प्रयोगमा ध्यान नदिई खानेपानी मन्त्रालयले लागत बढाउने काम गरेको पनि बताइन्। उनले समितिले अनुसन्धान पूरा गरेर उपकरणहरूको उचित व्यवस्थापन गर्न निर्देशन दिने जानकारी दिइन्। उपकरणहरू संरक्षणको जिम्मेवारी सरकारको रहेको उनको भनाई छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि मात्र काठमाडौंमा वितरण गरिने छ। आयोजनाले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ।

आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याई नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ। जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित छ।

" /> काठमाडौं। मेलम्ची खानेपानी आयोजना अन्तर्गतका कतिपय उपकरणहरू प्रयोगमा नल्याइँदा नष्ट हुने अवस्थामा पुगेका छन्। सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु प्रयोगमा नआउँदा नष्ट हुने अवस्थामा पुगेका हुन्।

महत्वपूर्ण उपकरणहरू नष्ट हुँदैगर्दा समेत आयोजनाले त्यसको संरक्षणमा चासो देखाएको छैन। यसअघि मेलम्चीको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले यी उपकरणहरू प्रयोग गरेको थियो। तर नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले प्रयोग नगर्दा ती उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका हुन् ।

करोडौं मूल्य पर्ने यी उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भएपनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएको छ।

अलपत्र परेका उपकरणहरू के कति कारणले प्रयोगमा नआएको हो र कसको स्वामित्वमा छ भन्नेमा संसदीय समितिले चासो देखाएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले उपकरणहरू अलपत्र रहेको क्षेत्रमा पुगेर अनुगमन गरेको छ।

समितिका सभापति तारादेवी भट्टले अलपत्र परेका यी उपकरणहरु राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने बताइन्। उनले मेलम्चीमा ठुलो घाटा भइरहँदा उपकरणहरु नष्ट हुनु र प्रयोगमा नआउनुले अझबढी नोक्सान हुने भएका हुँदा यस विषयमा अनुसन्धान थालिएको जानकारी दिएकी छन्।

सरकारले आउँदो असारसम्म मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गर्ने तयारी गरिरहेको छ। गत साता खानेपानी मन्त्रालयले श्वेतपत्र जारी गर्दै असारभित्रै मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गरिने घोषणा गरेको थियो।

आयोजनाका यस्ता महत्वपूर्ण उपकरणहरू प्रयोगमा नआई अलपत्र रहँदा अझ बढी नोक्सानी हुने निश्चित जस्तै छ। समिति सभापति भट्टले भएका उपकरणको प्रयोगमा ध्यान नदिई खानेपानी मन्त्रालयले लागत बढाउने काम गरेको पनि बताइन्। उनले समितिले अनुसन्धान पूरा गरेर उपकरणहरूको उचित व्यवस्थापन गर्न निर्देशन दिने जानकारी दिइन्। उपकरणहरू संरक्षणको जिम्मेवारी सरकारको रहेको उनको भनाई छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि मात्र काठमाडौंमा वितरण गरिने छ। आयोजनाले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ।

आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याई नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ। जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित छ।

"> मेलम्ची आयोजनाका करोडौं मूल्यका उपकरण प्रयोगविहीन, संसदीय समितिले थाल्यो अनुसन्धान: Dekhapadhi
मेलम्ची आयोजनाका करोडौं मूल्यका उपकरण प्रयोगविहीन, संसदीय समितिले थाल्यो अनुसन्धान
काठमाडौं। मेलम्ची खानेपानी आयोजना अन्तर्गतका कतिपय उपकरणहरू प्रयोगमा नल्याइँदा नष्ट हुने अवस्थामा पुगेका छन्। सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको रिजर्भ वायर निर्माण क्षेत्रमा अपलपत्र परेका उपकरणहरु प्रयोगमा नआउँदा नष्ट हुने अवस्थामा पुगेका हुन्।

महत्वपूर्ण उपकरणहरू नष्ट हुँदैगर्दा समेत आयोजनाले त्यसको संरक्षणमा चासो देखाएको छैन। यसअघि मेलम्चीको ठेक्का लिएको इटालियन कम्पनी सीएमसीले यी उपकरणहरू प्रयोग गरेको थियो। तर नयाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले प्रयोग नगर्दा ती उपकरणहरु नष्ट हुने अवस्थामा पुगेका हुन् ।

करोडौं मूल्य पर्ने यी उपकरणहरु खानेपानी आयोजनाको लागि प्रयोगमा आउन सक्ने भएपनि ठेकेदार कम्पनीले नयाँ उपकरणहरु प्रयोगमा ल्याएको छ।

अलपत्र परेका उपकरणहरू के कति कारणले प्रयोगमा नआएको हो र कसको स्वामित्वमा छ भन्नेमा संसदीय समितिले चासो देखाएको छ। राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले उपकरणहरू अलपत्र रहेको क्षेत्रमा पुगेर अनुगमन गरेको छ।

समितिका सभापति तारादेवी भट्टले अलपत्र परेका यी उपकरणहरु राष्ट्रको सम्पत्ति भए सरकारले सुरक्षित गर्नुपर्ने बताइन्। उनले मेलम्चीमा ठुलो घाटा भइरहँदा उपकरणहरु नष्ट हुनु र प्रयोगमा नआउनुले अझबढी नोक्सान हुने भएका हुँदा यस विषयमा अनुसन्धान थालिएको जानकारी दिएकी छन्।

सरकारले आउँदो असारसम्म मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गर्ने तयारी गरिरहेको छ। गत साता खानेपानी मन्त्रालयले श्वेतपत्र जारी गर्दै असारभित्रै मेलम्चीको खानेपानी काठमाडौंमा वितरण गरिने घोषणा गरेको थियो।

आयोजनाका यस्ता महत्वपूर्ण उपकरणहरू प्रयोगमा नआई अलपत्र रहँदा अझ बढी नोक्सानी हुने निश्चित जस्तै छ। समिति सभापति भट्टले भएका उपकरणको प्रयोगमा ध्यान नदिई खानेपानी मन्त्रालयले लागत बढाउने काम गरेको पनि बताइन्। उनले समितिले अनुसन्धान पूरा गरेर उपकरणहरूको उचित व्यवस्थापन गर्न निर्देशन दिने जानकारी दिइन्। उपकरणहरू संरक्षणको जिम्मेवारी सरकारको रहेको उनको भनाई छ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गबाट आएको पानी सुन्दरीजलमा रहेको रिजर्भ ट्याङ्कीमा खसालेपछि मात्र काठमाडौंमा वितरण गरिने छ। आयोजनाले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ।

आयोजनामा गत वर्ष इटालियन कम्पनी सीएमसीले छाडेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग गत असोजमा १५ महिना भित्रमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो। तर सिनो हाइड्रोले यी उपकरणहरु प्रयोगमा नल्याई नयाँ उपकरणहरु प्रयोग गरिरहेको छ। जसका कारण मेलम्ची खानेपानी आयोजनाको लागत बढ्ने निश्चित छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्