काठमाडौं। बिमस्टेक र दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को यसै महीना काठमाडौंमा हुने बैठक स्थगित भएका छन्। चीनको वुहान शहरबाट शुरू भएको र अहिले धेरै देशमा फैलिइसकेको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैठक स्थगित गरिएको हो।

साफ्टाको बैठक यही १९ र २० फेब्रुअरीमा काठमाडौंमा हुने तय भएको थियो। त्यसैगरी बिमस्टेक व्यापार सहजीकरणको बैठक पनि २० फेब्रुअरीमा काठमाडौंमै गर्ने भनिएको थियो।

बिमस्टेक र साफ्टाले आधिकारिकरूपमा यसबारे केही नबताए पनि कोरोना भाइरसको संक्रमण बढेसँगै बैठक स्थगित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले देखापढीलाई बतायो।
बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर बैठक स्थगित भएको जानकारी दिएको थियो।

साफ्टा सचिवालयले भने यसै साता परराष्ट्र मन्त्रालयलाई बैठक स्थगित गर्ने निर्णय सुनाएको छ। बिमस्टेकले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाइसकेको छ।

“तर, यसै साता साफ्टाले लेखेको पत्र भने मन्त्रालय पुगिसकेको छैन”, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, “आज या भोलि साफ्टाको पत्र पनि आइपुग्छ।”

बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा ‘आगामी २० फेब्रुअरी २०२० मा काठमाडौंमा आयोजना गर्ने भनिएको वर्कशप फर दी स्टडी अन ट्रेड फ्यासिलेटेसन एजेन्डा फर बिमस्टेक हाललाई स्थगन गरिएको’ उल्लेख छ।

पत्रमा बैठकको नयाँ मिति तोकेर मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरिएको छ।

पहिलोपटक हुन लागेको बिमस्टेकको व्यापार सहजीकरण बैठक स्थगित हुनुको कारण कोरोना भाइरस नै भएको बताइएको छ। “बैठक स्थगित हुनुअघि अनौपचारिकरूपमा मन्त्रालयलाई बिमस्टेकको बैठक रोकिन लागेको जानकारीसमेत आएको थियो। जानकारी आएको दुई/तीन दिनमै आधिकारिक सूचना आयो”, ती अधिकारीले भने।

तर, साफ्टाको बैठक रोकिनुलाई भने कोरोनाको डरसँग मात्र लिन नहुने मन्त्रालय स्रोत बताउँछ। यसमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिनुलाई समेत एउटा कारण मानिएको छ। यसपटक कोरोनाको कारण बैठक रोकिए पनि यसअघि भारतकै कारण पटक-पटक साफ्टाको बैठक रोकिएको छ।

" /> काठमाडौं। बिमस्टेक र दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को यसै महीना काठमाडौंमा हुने बैठक स्थगित भएका छन्। चीनको वुहान शहरबाट शुरू भएको र अहिले धेरै देशमा फैलिइसकेको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैठक स्थगित गरिएको हो।

साफ्टाको बैठक यही १९ र २० फेब्रुअरीमा काठमाडौंमा हुने तय भएको थियो। त्यसैगरी बिमस्टेक व्यापार सहजीकरणको बैठक पनि २० फेब्रुअरीमा काठमाडौंमै गर्ने भनिएको थियो।

बिमस्टेक र साफ्टाले आधिकारिकरूपमा यसबारे केही नबताए पनि कोरोना भाइरसको संक्रमण बढेसँगै बैठक स्थगित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले देखापढीलाई बतायो।
बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर बैठक स्थगित भएको जानकारी दिएको थियो।

साफ्टा सचिवालयले भने यसै साता परराष्ट्र मन्त्रालयलाई बैठक स्थगित गर्ने निर्णय सुनाएको छ। बिमस्टेकले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाइसकेको छ।

“तर, यसै साता साफ्टाले लेखेको पत्र भने मन्त्रालय पुगिसकेको छैन”, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, “आज या भोलि साफ्टाको पत्र पनि आइपुग्छ।”

बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा ‘आगामी २० फेब्रुअरी २०२० मा काठमाडौंमा आयोजना गर्ने भनिएको वर्कशप फर दी स्टडी अन ट्रेड फ्यासिलेटेसन एजेन्डा फर बिमस्टेक हाललाई स्थगन गरिएको’ उल्लेख छ।

पत्रमा बैठकको नयाँ मिति तोकेर मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरिएको छ।

पहिलोपटक हुन लागेको बिमस्टेकको व्यापार सहजीकरण बैठक स्थगित हुनुको कारण कोरोना भाइरस नै भएको बताइएको छ। “बैठक स्थगित हुनुअघि अनौपचारिकरूपमा मन्त्रालयलाई बिमस्टेकको बैठक रोकिन लागेको जानकारीसमेत आएको थियो। जानकारी आएको दुई/तीन दिनमै आधिकारिक सूचना आयो”, ती अधिकारीले भने।

तर, साफ्टाको बैठक रोकिनुलाई भने कोरोनाको डरसँग मात्र लिन नहुने मन्त्रालय स्रोत बताउँछ। यसमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिनुलाई समेत एउटा कारण मानिएको छ। यसपटक कोरोनाको कारण बैठक रोकिए पनि यसअघि भारतकै कारण पटक-पटक साफ्टाको बैठक रोकिएको छ।

"> कोरोना भाइरस संक्रमणको असर, काठमाडौंमा हुन लागेका बिमस्टेक र साफ्टा बैठक स्थगित: Dekhapadhi
कोरोना भाइरस संक्रमणको असर, काठमाडौंमा हुन लागेका बिमस्टेक र साफ्टा बैठक स्थगित
काठमाडौं। बिमस्टेक र दक्षिण एशियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा)को यसै महीना काठमाडौंमा हुने बैठक स्थगित भएका छन्। चीनको वुहान शहरबाट शुरू भएको र अहिले धेरै देशमा फैलिइसकेको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैठक स्थगित गरिएको हो।

साफ्टाको बैठक यही १९ र २० फेब्रुअरीमा काठमाडौंमा हुने तय भएको थियो। त्यसैगरी बिमस्टेक व्यापार सहजीकरणको बैठक पनि २० फेब्रुअरीमा काठमाडौंमै गर्ने भनिएको थियो।

बिमस्टेक र साफ्टाले आधिकारिकरूपमा यसबारे केही नबताए पनि कोरोना भाइरसको संक्रमण बढेसँगै बैठक स्थगित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले देखापढीलाई बतायो।
बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर बैठक स्थगित भएको जानकारी दिएको थियो।

साफ्टा सचिवालयले भने यसै साता परराष्ट्र मन्त्रालयलाई बैठक स्थगित गर्ने निर्णय सुनाएको छ। बिमस्टेकले परराष्ट्र मन्त्रालयलाई लेखेको पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पाइसकेको छ।

“तर, यसै साता साफ्टाले लेखेको पत्र भने मन्त्रालय पुगिसकेको छैन”, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक अधिकारीले भने, “आज या भोलि साफ्टाको पत्र पनि आइपुग्छ।”

बिमस्टेक सचिवालयले २३ माघमा परराष्ट्र मन्त्रालयलाई लेखेको पत्रमा ‘आगामी २० फेब्रुअरी २०२० मा काठमाडौंमा आयोजना गर्ने भनिएको वर्कशप फर दी स्टडी अन ट्रेड फ्यासिलेटेसन एजेन्डा फर बिमस्टेक हाललाई स्थगन गरिएको’ उल्लेख छ।

पत्रमा बैठकको नयाँ मिति तोकेर मन्त्रालयलाई जानकारी गराउने उल्लेख गरिएको छ।

पहिलोपटक हुन लागेको बिमस्टेकको व्यापार सहजीकरण बैठक स्थगित हुनुको कारण कोरोना भाइरस नै भएको बताइएको छ। “बैठक स्थगित हुनुअघि अनौपचारिकरूपमा मन्त्रालयलाई बिमस्टेकको बैठक रोकिन लागेको जानकारीसमेत आएको थियो। जानकारी आएको दुई/तीन दिनमै आधिकारिक सूचना आयो”, ती अधिकारीले भने।

तर, साफ्टाको बैठक रोकिनुलाई भने कोरोनाको डरसँग मात्र लिन नहुने मन्त्रालय स्रोत बताउँछ। यसमा भारत र पाकिस्तानको सम्बन्ध बिग्रिनुलाई समेत एउटा कारण मानिएको छ। यसपटक कोरोनाको कारण बैठक रोकिए पनि यसअघि भारतकै कारण पटक-पटक साफ्टाको बैठक रोकिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्