काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई वर्षमा सबैको घरमा विद्युत् पुर्याउने योजनाका साथ काम अघि बढेको बताएका छन्।
प्रतिनिधि सभाको आज बसेको बैठकमा मन्त्री पुनले ८८ प्रतिशत घर विद्युत्को पहुँचमा पुगेको बताए। “चालू आर्थिक वर्षमा ४० जिल्लामा पुनः विद्युतीकरण गर्ने योजना पनि सरकारले अघि सारेको छ”, उनले भने, “दुई वर्षमा सबै नेपालीको घरमा विद्युत् पुग्छ।”
बैठकमा सांसदहरूले काठका पोलहरू कहिले विस्थापन हुन्छन् भन्ने प्रश्न गरेका थिए। जवाफमा मन्त्री पुनले करीब चार लाख काठका पोलहरूमध्ये ३० हजार पोल विस्थापन भएको र बाँकी प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा क्रमशः विस्थापन गर्ने तयारी भइरहेको बताए।
उनका अनुसार विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाहरूमा करीब तीन लाख र सामुदायिक विद्युतीकरणका आयोजनातर्फ एक लाख काठका पोल छन्।
यस्तै माथिल्लो तामाकोशीको ९९ प्रतिशत काम सम्पन्न भएको र यो आर्थिक वर्षको अन्त्यसम्म आयोजनाको सम्पूर्ण काम सकिने मन्त्री पुनले बताए।
उनले आर्थिक वर्ष २०८०/०८१ सम्ममा ९० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्ने समेत बताए। कूल खेतीयोग्य जमिन २६ लाख ४१ हजार हेक्टरमध्ये अहिलेसम्म ६५ दशमलव ४७ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको मन्त्री पुनको भनाइ छ।
कुल खेतीयोग्य जमिनमध्ये २२ लाख ६५ हजार हेक्टर सिँचाइ योग्य छ। अहिलेसम्म १४ लाख ८३ हजारमा सिँचाइ सुविधा पुगेको मन्त्री पुनको भनाइ छ। आगामी पञ्चवर्षीय योजनामा तीन लाख हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य सरकारले लिएको छ।
" /> काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले दुई वर्षमा सबैको घरमा विद्युत् पुर्याउने योजनाका साथ काम अघि बढेको बताएका छन्।प्रतिनिधि सभाको आज बसेको बैठकमा मन्त्री पुनले ८८ प्रतिशत घर विद्युत्को पहुँचमा पुगेको बताए। “चालू आर्थिक वर्षमा ४० जिल्लामा पुनः विद्युतीकरण गर्ने योजना पनि सरकारले अघि सारेको छ”, उनले भने, “दुई वर्षमा सबै नेपालीको घरमा विद्युत् पुग्छ।”

">