सुदूरपश्चिमका मुख्यमन्त्री भन्छन्- ‘हिस्सा खोज्‍नकै लागि गरिने विराेधले भ्रष्टाचार बढाउँछ’
कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार भ्रष्टाचारीलाई कारबाही गर्न सधैँ तयार रहेको बताएका छन्।
यसले झन भ्रष्टाचारलाई बढावा दिने उनकाे भनाइ छ। “भ्रष्टाचारको विरोध दुई कुरामा हुने गरेको छ, हिस्सा खोज्न विरोध गर्ने र साँच्चै निर्मूल पार्नका लागि विरोध गर्ने”, मुख्यमन्त्री भट्टले भने, “साँच्चै निर्मूल पार्न खोजिएको हो भने प्रदेश सरकारले भ्रष्टाचारीलाई कारबाही गर्छ।”
यस्तै मुख्यमन्त्री भट्टले प्रदेश सरकार बनेको दुई वर्षको अवधिमा भए गरेका कामका बारेमा आज सदनमा सम्बोधन गरेका छन्। भटट्ले नयाँ व्यवस्थामा जनताका अपेक्षा पूरा गर्नुपर्ने भएकाले विभिन्न समस्याका बाबजुत आफू अगाडि बढेको बताए। त्यसमा सत्ता पक्ष, प्रतिपक्ष र आमनागरिक तथा सञ्चारमाध्यमले सहयोग गरेको उनले बताए।
मुख्यमन्त्री भट्टले दुई वर्षमै सरकारको समीक्षा गर्न नसकिने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्