आमा र नवजात शिशुको मृत्युपछि रंगेली अस्पताल तनावग्रस्त
विराटनगर। प्रसूतिका क्रममा आमा र नवजात शिशुको मृत्यु भएपछि मोरङको रंगेली अस्पताल तनावग्रस्त छ।
चिकित्सककाे लापरबाहीले आमा र नवजात शिशुकाे मृत्यु भएकाे भन्दै स्थानीयले विराेध प्रदर्शन गरेका छन्।
प्रसूतिका क्रममा रंगेली नगरपालिका दोमनाकी २५ वर्षीया रविना सरदार र शिशुको मृत्यु भएको हाे।
प्रसूतिका क्रममा चिकित्सकको लापरबाहीले रबिनाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेको मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनका अनुसार अहिले अस्पताल परिसरमा मृतकका आफन्तले विरोध प्रदर्शन गरिरहेका छन्।
सरदारलाई ५ फागुन बिहान प्रसूतिका लागि अस्पतालमा भर्ना गरिएको थियो। सरदारले बिहान १० बजे छोरा जन्माएकी थिइन्।
बच्चा जन्माएपछि रबिनाको अत्यधिक रक्तश्राव भएको थियो। धेरै रक्तश्राव भएपछि अस्पतालले रेफर गरेको थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्