काठमाडौं। पछिल्लो समय ह्याचरी व्यवसायीले ब्रोइलर कुखुराको चल्लाबाट ब्रह्मलुट गर्दै आएको पाइएको छ। दश दिने चिकेन होलिडेपछि चल्ला उत्पादनबाटै महीनामा ४२ करोड रूपैयाँ लुट्दै आएको पाइएको हो।
२० मसिंरदेखि ६ पुससम्म चलेको देशव्यापी आन्दोलनबाट ह्याचरी व्यवसायीले देशभरबाट करिब ३० लाख चल्ला जिउँदै गाडेका थिए। उनीहरूले बजारको मागभन्दा बढी चल्ला उत्पादन भएको बताउँदै उक्त संख्यामा चल्ला नष्ट गरेका थिए।
यस्तै, आन्दोलनपछि ह्याचरी व्यवसायीले प्रतिगोटा चल्लाको मूल्य ३० रूपैयाँ बढाएका छन्। १० माघसम्म प्रतिगोटा चल्लाको मूल्य ४० रूपैयाँ कायम थियो। तर, त्यसको भोलिपल्टदेखि नै प्रतिगोटा चल्लाको मूल्य बढेर ११ माघमा ५० रूपैयाँ कायम भएको थियो।
त्यसैगरी, १४ माघमा १० रूपैयाँ बढाएर ६० कायम गरिएको चल्लाको मूल्य १८ माघमा ७० रूपैयाँ कायम गरियो। यद्यपी, हाल प्रतिगोटा ब्रोइलर कुखुराको चल्लाको उत्पादन लागत ३५ रूपैयाँ मात्र छ।
३५ रूपैयाँ लागत रहेको चल्लाको विक्री मूल्य ४० रूपैयाँ हुनुपर्ने हो। तर, ह्याचरी व्यवसायीले कालोबजारीमार्फत् प्रतिगोटा चल्लाको मूल्यमा ३० रूपैयाँ अतिरिक्त नाफा कमाइरहेका छन्।
प्रतिहप्ता साढे १० करोडका दरले कालोबजारी गर्दा मासिक ४२ करोड रूपैयाँ हुन आउँछ।
दश दिनमा झण्डै १५ करोड रूपैयाँ बराबरको चल्ला नष्ट गरेको बताउने ह्याचरी व्यवसायीहरूले आन्दोलनपछि कुखुरा पालक कृषकहरूबाट ब्रह्मलुट गर्दै आएका हुन्।
हाल नेपालमा प्रतिहप्ता ३५ लाख चल्ला उत्पादन भइरहेको ह्याचरी व्यवसायीहरूले बताउँदै आएका छन्। जसअनुसार ३५ लाख चल्लाबाट अतिरिक्त ३० रूपैयाँका दरले नाफा कमाउँदा प्रतिहप्ता १० करोड ५० लाख रूपैयाँ हुन जान्छ।
यस्तै, प्रतिहप्ता साढे १० करोडका दरले कालोबजारी गर्दा मासिक ४२ करोड रूपैयाँ हुन आउँछ। यसरी ह्याचरी व्यवसायीहरूले प्रतिमहीना कृषकसँग खुलमखुल्ला कालोबजारी गरिरहँदा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने मुकदर्शक बनिरहेको छ।
जिउँदो कुखुरा २३०, मासुको मूल्य ३६०
ब्रोइलर कुखुरा उत्पादन गर्ने कृषकहरूले व्यवसायीहरूलाई प्रतिकिलो २३० रूपैयाँको दरले जिउँदो कुखुरा बेच्दै आएका छन्। तर, हाल ब्रोइलर कुखुराको बजार मूल्य भने प्रतिकिलो ३६० रूपैयाँ कायम छ।
जसअनुसार, उत्पादनपछि चल्ला उत्पादक र मासु व्यवसायीहरूले कुखुराको मासुमा प्रतिकिलो १३० रूपैयाँ फाइदा लिँदै आएका छन्। राष्ट्रिय कुखुरा पालक संघर्ष समितिका संयोजक विष्णु खड्काले किसानहरूसँग जिउँदो कुखुरा तिनै चल्ला उत्पादक उद्योगीहरूले किन्दै आएका छन्।
ह्याचरी व्यवसायीहरूले नै कृषकसँग प्रतिकिलो २३० रूपैयाँमा जिउँदो कुखुरा किन्छन् र निश्चित प्रतिशत फाइदा राखेर मासु व्यवसायीलाई विक्री गर्छन्।
“यसरी चल्ला किन्दादेखि नै मारमा परेका किसानहरू कुखुरा विक्रीको समयमा पनि थप ठगिन्छन्”, उनले भने, “यता उपभोक्ता मारिन्छन् भने उता कुखुरा पालक कृषक।”
विभागको चेतावनीपछि प्रतिकिलो ४६० रूपैयाँसम्म पुगेको मासुको मूल्य घट्यो पनि। तर, विभागले ह्याचरी व्यवसायीको प्रभावमा परेर चल्ला र दानाको मूल्य बढ्दा कानमा तेल हालेर बसेको छ।
उत्पादकहरूले प्रतिगोटा ७० रूपैयाँमा बेच्दै आएपनि चल्लालाई कुखुरा फार्ममा पुर्याउँदा ७५ देखि ८० रूपैयाँ पर्न जान्छ। यस्तै, त्यसलाई हुर्काएर बेच्ने बनाउँदासम्मको उत्पादन लागत २५० रूपैयाँसम्म पुग्ने गरेको किसानहरूको भनाइ छ।
आन्दोलनपछि चल्लाको मूल्यसँगै बढेको दानाको मूल्यले उत्पादन लागत बढ्दै गएको हो। तर, मासुको मूल्य बढेपछि वाणिज्य विभागले त्यसलाई घटाउन दबाब दिएको थियो।

" /> काठमाडौं। पछिल्लो समय ह्याचरी व्यवसायीले ब्रोइलर कुखुराको चल्लाबाट ब्रह्मलुट गर्दै आएको पाइएको छ। दश दिने चिकेन होलिडेपछि चल्ला उत्पादनबाटै महीनामा ४२ करोड रूपैयाँ लुट्दै आएको पाइएको हो।२० मसिंरदेखि ६ पुससम्म चलेको देशव्यापी आन्दोलनबाट ह्याचरी व्यवसायीले देशभरबाट करिब ३० लाख चल्ला जिउँदै गाडेका थिए। उनीहरूले बजारको मागभन्दा बढी चल्ला उत्पादन भएको बताउँदै उक्त संख्यामा चल्ला नष्ट गरेका थिए।

">