काठमाडाैं। २०४० साल कात्तिक महीना। जोरपाटीमा रहेको अपांग बाल अस्पतालको पेटी। करीब ६ महीनाकी एक बालिका मृत्यु र जीवनको दोसाँधमा छट्पटाइरहेकी थिइन्। शरीर आगोले जलेको थियो। रुवाइ बन्द थियो। बाँचेको जस्तो देखिने कुनै लक्षण थिएन। घाँटीनेरको नसाको सुस्त चालले मात्र उनी जीवित छन् भन्ने जनाउँथ्यो। तर, उनलाई नबाँच्ने ठानेर बचाउनुपर्नेहरूले नै छोडिहिँडेका थिए।
त्यसरी बेवारिस अवस्थामा छोडिजाने अरू कोही थिएनन्। उनका आफ्नै जन्मदाता बाबु र सँगै आएका साइँलाबा, माइलाबा थिए। र, बेवारिस बनाइएकी शिशु थिइन्– अञ्जु गिरी।
काभ्रेको साविक सापिङ गाविस वडा नम्बर २ मा जन्मेकी थिइन् अञ्जु। आमाबुबाको माइलो सन्तान थिइन् उनी। उनका दाजु भने १८ महीनामै बितेका थिए। अञ्जुका बुबाका चार दाजुभाइ थिए।
सबैका छोरैछोरा थिए। अञ्जुका बुबालाई पनि छोरा नै चाहिएको थियो। तर, जन्मिइन् छोरी। हेलामा परिन् उनी। जन्मजात हेलामा परेकी उनैलाई पर्यो बज्रपात।
६ महीनाकी अञ्जुलाई कोक्रोमा छोडेर आमा काममा व्यस्त थिइन्। कोक्रोकी शिशु खसिन् र आगोमा परिन्।
आगोले पोलिएकी उनलाई डोकोमा पराल हाली त्यसमाथि केराको पातमा राखेर अस्पताल ल्याइएको थियो। तर, उनी बाँच्ने आश कसैमा पनि थिएन।
ल्याउनेहरूले अस्पतालको औपचारिकता पूरा गरे। कहाँबाट आएको, के भएको सबै इतिवृतान्त अस्पतालको फाराममा भरे। तर, डाक्टरहरूले उपचार सम्भव छ, छैन भनेर कुर्नुपर्ने बताए। यता अञ्जुको सास नै थाहा पाउनेगरी चल्न छोडिसकेको थियो।
‘यो मरी, सास चल्दैन। यसको आमालाई यो मरी भनिदिउँला’, यस्तै टुंगोमा पुगे बा र बाका दाजुभाइहरू।
अनि उनलाई अस्पतालको पेटीमा बेवारिस छोडेर हिंडिदिए।
त्यतिबेला उनीहरूको जस्तै संसारबाटै मानवता मरेको भए यो कथा नै बन्ने थिएन। तर, कहालीलाग्दो संकटको बीचमा पनि नमरेको मानवता एउटी बच्चीको निम्ति किन मर्थ्यो र ?
पेटीमा फालिएकी मरणासन्न शिशुलाई अस्पतालले उपचार गर्यो। मृत्युलाई जितेर जिन्दगीको रंगमञ्चमा फर्किइन् उनी। तर, न जन्म दिने आमा थिइन्, न बाबु नै साथमा। अस्पतालका स्टाफहरूले नै उनको हेरविचार गर्न थाले।
हो, ताते–ताते गराउँदै हिँडाउने बा थिएनन् साथमा। कोखिलामा च्यापेर लोरी गाउँदै निद्रा बोलाइदिने आमा थिइनन्। अस्पतालको एकलास बिछ्यौना थियो। ओखतीमुलोले बचाइदिएको शरीर थियो। तर, माया-ममताको कमी भने थिएन।
जन्म दिने आमा सँगै नभए पनि, जन्म दिने बुबाले नै परित्यक्ता बनाए पनि मानवताले भरिएको यो दुनियाँमा उनी परित्यक्त थिइनन्।
जन्म दिने आमा नभए पनि आमासरहकै ममता पाइन् उनले। अस्पतालकै स्टाफमध्येकी तारा सेढाइले उनलाई आफ्नै कोखबाट जन्मेसरी हेरविचार गरिन्। अस्पतालकी ‘हाउस मदर’ थिइन् तारा। बोली फुटेपछि पहिलोपटक उनले ममी भनेर उनैलाई बोलाइन्। अरू सबैले त उनलाई ‘तारा सिस्टर’ भनेर बोलाउने गर्थे। उनलाई थाहा पनि कहाँ थियो र उनका आफ्नै जन्मदाताको निम्ति उनी मृत सरह थिइन् भनेर।
तर, उमेर जिज्ञासाहरू बोकेर ल्याउँछ। अझ अरूभन्दा फरक भएपछि त आफूबारे जान्ने जिज्ञासा नै बढी हुन्छ। बढ्दै जाँदा कुतुहुलताको हुण्डरी मच्चिन थाल्यो उनको मनमा पनि। अस्पतालकी स्वीपर दिदीसँग सोधिन्– म किन अस्पतालमा छु ? किन मेरो शरीर यस्तो छ ?
उनैले बताइदिइन् सारा वृतान्त, त्यही विगत जसलाई अञ्जु स्वयंले भोगेर आएकी थिइन्।
सहज अवस्थामा कहाँ थिइन् र अञ्जु ? शरीर कमजोर थियो। आगोले पोलेर अनुहार, हात, छाती एकै ठाउँमा जोडिन पुगेको थियो। थुप्रैपटक अप्रेसन भइसकेको थियो। बेलाबेलामा अचेत हुन्थिन्। तर, हरेक अप्ठ्यारामा अञ्जुको साथमा उनै तारा सिस्टर हुन्थिन्।
विगत वृतान्त सुनेर पक्कै पनि अञ्जुको मन कुँडियो। तर, निराश भइनन् उनी। आफैंले भोगेको कथासरी भइसकेको थियो उनका लागि। त्यसमाथि साथ दिने हातहरू थिए नि त।
ताराले उनको स्याहार गर्थिन्। कपाल कोरीबाटी गर्दिन्थिन्। अस्पतालका अरू स्टाफले पनि उत्तिकै माया गर्थे।
संसार नै त्यही थियो उनको। सबैले हौसला दिन्थे– “तिमी त मरेर बाँचेको मान्छे हो। आज कति राम्रो भएर घाउ निको भयो। तिमीले पढ्नुपर्छ।”
तारा सिस्टरले उनलाई लेख्न–पढ्न सिकाएकी थिइन्। उनैले स्कुलमा भर्ना गरिदिइन्।
त्यसो त आश्वासन पनि दिन्थे उनलाई– “तिम्रो बाबुआमा त कहाँ छन् थाहा भएन। डकुमेन्टहरू हेरेर तिमीलाई गाउँ फर्काइयो भने तिम्रो आफन्तहरू चिनौला।”
आफ्ना जन्मदातासँग भेट्न पाउने कल्पनाले पनि एउटा बेग्लै आशा दिन्थ्यो। के थाहा थियो र उनलाई बाँच्नुपर्ने एउटा जिन्दगीका अघिल्ला पाटाहरू अँध्यारा थिए। र, त्यो अँध्यारोमा उनले देख्नैनपर्ने साँचा अनुहार थिए।

जसरी अँधेरी रातमा गन्तव्यतिर लम्किरहेका यात्रुलाई आड दिन आकाशका तारा हुन्छन्, उसैगरी जिन्दगीको कहालीलाग्दो यात्रामा अञ्जुलाई आड दिन तारा थिइन्। आकाशका तारा त बरू टाढा हुन्छन्। दिनलाई उनीहरूसँग एक झुल्को प्रकाश पनि हुँदैन। तर, यी धर्तीकी तारासँग जिन्दगीको ज्योति थियो। त्यही ज्योतिको प्रकाशमा हुर्किन थालिन् अञ्जु।
अञ्जु आठ वर्ष पुग्दै थिइन्। त्यतिबेला अपांग बाल अस्पतालले गाउँगाउँमा पुगेर उपचार गर्न डाक्टरहरू खटाएका थिए। उनै फिल्ड डाक्टरहरूले अञ्जुको घरगाउँ पत्ता लगाए। उनका बुबा आमालाई छोरी जीवित रहेको खबर दिए। आफैसँग लिएर आए।
अञ्जुका लागि त्यो दिन हर्ष र विस्मातको थियो।
पहिलोपल्ट आफ्ना जन्मदातालाई देखिन् अञ्जुले। हर्षको कुरा।
आजसम्म साथ दिने हातहरूलाई छोडी जानुपर्ने भयो। विस्मातको कुरा।
तर, जानु त थियो नै। बाआमाको हात समाएर आठ वर्षपछि उनी जन्मथलो गइन्।
आठ वर्षअघि डोकोमा पराल, परालमाथि केराको पात, पातमा राखिएकी आगोले डामिएकी एक शिशु गाउँबाट काठमाडौं ल्याइएकी थिइन्। उनको नभएको मृत्युको खबर बोकेर आफ्नै बा गएका थिए। आठ वर्षपछि उनै शिशु घर फर्किँदै थिइन्।
“गाउँलेहरूले यस्ती छोरी फर्केर आइछे, खुच्चिङ भन्थे। डढुवाई, कुप्री भनेर जिस्काउँथे। कसैको घरमा पुगे खुला दैलो पनि बन्द गरिदिन्थे।”
गाउँ हर्षले झुम्नुपर्ने थियो। उनको स्वागतमा झ्याली र नगरा नभए पनि स्वागतका मीठा सुसेलीहरू बज्नुपर्ने थियो।
तर, संसार सोचेजति सुन्दर पनि कहाँ छ र ? उपेक्षाभावले स्वागत भयो उनको। मानौं, उनी नगएकै ठीक थियो। मानौं, मृत्युसँग पौठेजोरी खेलेर उनी नबाँचेकै ठीक थियो।
“शुरूमा त गाउँ रमाइलै लाग्यो। तर, केही दिनमा नै गाउँका मान्छे कोही पनि आफ्नो जस्तो लागेन। बाले खाली काम अह्राउन थाले। दुईदुईवटा गाग्री डोकोमा राखेर पानी बोक्न लगाउँथे”, आँखाभरि आँसु भर्दै अञ्जु सम्झन्छिन्।
उनको घाउ निको भइसकेको थिएन। बेलाबेलामा पाक्थ्यो। दुख्थ्यो। तर, अभिभावकलाई वास्तै थिएन। उनीप्रतिको बुबाको दिक्दारीले होला, आमाले पनि उपेक्षा गर्थिन्।
पराइ भनिएकाले जीवन दिएका थिए। हात समाएर हुर्काएका थिए। तर, आफ्नै भनिएका जन्मदाताको उपेक्षामा परिन् उनी।
“मलाई त जन्म दिने बाआमा पनि हुन् कि होइनन् जस्तो लाग्यो”, सुनाउँछिन् अञ्जु।
त्यसमाथि अझ कहालीलाग्दो थियो गाउँलेको व्यवहार।
“गाउँलेहरूले यस्ती छोरी फर्केर आइछे, खुच्चिङ भन्थे। डढुवाई, कुप्री भनेर जिस्काउँथे। कसैको घरमा पुगे खुला दैलो पनि बन्द गरिदिन्थे”, खिल बनी बसेका छन् अञ्जुको मनमा ती व्यवहार।
अस्पतालमा त उनलाई पढ्न हौसला दिइएको थियो। स्कुलमा भर्ना पनि गरिएको थियो। तर, घरमा अभिभावकले डढेको बच्चाले पढ्न हुन्न भनेर विद्यालय पठाएनन्। न माया पाइन्, न आड। न साथ पाइन्, न आस।
आफ्नै जन्मदाताको काख उनलाई कहालीलाग्दो भीर जस्तो लाग्यो। हरेक दिन सुन्नुपर्ने वचन तातो झिर जस्तो लाग्यो। जिन्दगी उनलाई भक्तराज आचार्यको गीत जस्तै लाग्न थाल्योः
‘जीवन भन्नु त घात छ
मृत्यु भन्नु त सास छ
दोधारमा बाँचु कति
हर गीतमा चित्कार छ’
अक्करे भीरजस्तो कहालीलाग्दो जीवन उनी कति दिन बाँच्न सक्थिन् र ? खोज्न थालिन् मुक्तिका जुक्तिहरू।
समयको बैशाखी टेकेर उमेर उकालो लाग्दै थियो। उनी पनि त सम्भावनाका हरेक ढोका खोतल्दै थिइन्। १३ वर्षको हुँदा उनले त्यो सम्भावना भेटाइन्। त्यो सम्भावना खासमा एउटा दुस्साहस थियो। र, जिन्दगीले उनलाई दुस्साहस गर्ने हदमा पुर्याइसकेको थियो।
जोरपाटीको ‘अपांग बाल अस्पताल’ बनेपा सरेको थियो। र, उनले गाउँबाट शहर जाने बाटो पत्ता लगाइसकेकी थिइन्।
बस्, एक दिन उनी आन्टीको सहारामा घरबाट खुसुक्क भागिन्।
आफ्नै जन्मदाताको काख बिरानो मात्र होइन कहालीलाग्दो भएपछि आश्रय खोज्दै हिँडेकी १३ वर्षे बालिकाको तस्वीर तपाईंको मस्तिष्कमा आउन सक्छ ? असम्भव जस्तै लाग्ने यो दृश्य अञ्जुको यथार्थ विगत थियो। आगोले जलाएर च्यापु र छाती जोडिएको, हात जिउमा टाँसिएको शरीर बोकेर उनी आशा पराले त्यान्द्रा पछ्याउँदै हिँडेकी थिइन्।
जाने ठाउँ नै कहाँ थियो र अञ्जुको ? उही अस्पताल त थियो उनको आफ्नो भन्नु। पुगिन् त्यहीँ। पुग्नासाथ तारा दिदीलाई भेटिन्। भेट्नसाथ उनको अँगालो हालेर डाँको छोडिन्, “ममी, मलाई किन त्यस्तो ठाउँमा पठाउनुभएको ?”
तीन वर्षमा पाएको एकएक दुःख, यातना, हेलाहोचो सबै एक क्षणमा सुनाइन् उनले।
“उहाँले मलाई ‘हामी त तिम्रो क्षणिकको हो, भोलिका आफन्त तिनै हुन्, तिमीलाई पाल्ने सम्पत्ति दिने उनीहरू नै हुन्’ भन्नुभयो, तर मैले नफर्किने सोच बनाइसकेकी थिएँ”, अञ्जु सुनाउँछिन्।
(देखापढीको कार्यालयमा अञ्जुले यो कथा सुनाइरहँदा तारा पनि सँगै थिइन्। वर्षौंपछि फेरि भेटिएका उनीहरू अँगालोमा बाँधिए। पुराना दिन सम्झिएर आँसु बहाए। अञ्जुले तारालाई पछ्यौरी उपहार दिइन्। आफूले हुर्काएकी बच्चीले जीवन संघर्ष गरेर यहाँसम्म आइपुगेको देख्दा तारा दिदीका ओठमा मुस्कान छरियो। उनका आँखामा आँसु थिए। तर, ओठमा हर्ष थियो।)
केही दिनपछि अञ्जुलाई खोज्दै उनका बुबाआमा अस्पतालमा आइपुगे। छोरीलाई सम्झाउनु, बुझाउनुको साटो उल्टो आरोप लगाए। उत्ताउली भएर हिंडेको, माया दिएको नपचेर हिंडेको जस्तो लाञ्छना लगाए। कुन सन्तान पो हुन्थ्यो र बाबुआमाको माया बढी भएर घर छोड्ने ?
बाआमा आएको थाहा पाएपछि कहालिइन् अञ्जु। उही नर्कसरी दुःखमा लैजाने हुन् कि भनेर अत्तालिइन्। जाँदै नजाने ढिपी कसेर रोइन्, कराइन्।
“१३ वर्षकी पुगेकी थिएँ। केही बुझ्ने भएकी थिएँ नि” अञ्जु सुनाउँछिन्, “मलाई उनीहरू मेरो आमाबा होइन, आमा भनेको त यो तारा सिस्टर हो भन्ने लागिसकेको थियो।”
शल्यक्रियाको सबै तयारी गरी अञ्जुलाई ‘अप्रेसन थिएटर’मा लगियो। रगत ल्याउँछु भनेर बा अस्पतालबाट निस्किए। उता शल्यक्रिया शुरू भयो। अप्रेसन थिएटरमा रगत चाहिने भयो। तर, अञ्जुका बुबा अस्पतालमा थिएनन्। ताराले दिएको पैसा लिएर उनी भागिसकेका थिए।
उनको रुवाइ देखेर तारा सिस्टरको आँखाबाट पनि आँसु बहे। अनि उनले उनलाई आफूसँगै राख्ने निधो गरिन्। अस्पतालमा त ठाउँ थिएन। तर, अस्पतालका स्टाफहरूको मनमा त थियो नि। उनीहरू सबै मिलेर अस्पताल नजिकैको घरमा कोठा भाडामा लिइदिए। कसैले डेक्ची ल्याइदिए, कसैले थाल। कसैले बटुका, कसैले चम्चा। ओढ्ने, ओछ्याउने, लगाउने लुगा ल्याइदिए। तारा सिस्टरले उनको पढाइमा सहयोग गर्ने 'स्पोन्सर' खोजिदिइन्। अनि उनी भर्ना भइन् तीनधारेको चैतन्य माविमा। पाँच कक्षाकी विद्यार्थी बनिन् अञ्जु।
२०५५ साल। ९ कक्षाकी विद्यार्थी थिइन् अञ्जु। उनका शरीरको घाउ निको भइसकेको थिएन। शरीर उमेरअनुसार वृद्धि हुँदै थियो। तर, दुवै स्तन एकै ठाउँमा जोडिएका थिए। पेटसम्मै स्तन जोडिएकाले छाती एकसमान भएको थियो। तिनलाई छुट्याउन शल्यक्रिया गर्नुपर्ने थियो। डाक्टरहरू टुंगोमा पुगे। तर, शल्यक्रिया जटिल हुने भयो।
शल्यक्रिया गर्ने भएपछि घर-परिवारलाई खबर गर्नैपर्यो। अस्पतालका स्टाफले अञ्जुका बुबालाई फोन गरेर बोलाए। बुबा अस्पताल आए। ताराले अञ्जुका बालाई सबै इतिवृतान्त बताइन्। त्यतिमात्र कहाँ हो र ? शल्यक्रियाका लागि रगत चाहिन्थ्यो। आवश्यक रगतको जोहो गर्न अञ्जुका बुबालाई पैसा पनि दिइन् ताराले।

तारालाई सकस पर्यो। उनले अस्पतालका अरू स्टाफ बोलाएर रगत जोहो गर्न भनिन्। सबै मिलेर आवश्यक रगत जोहो गरे।
४८ घण्टापछि अञ्जुको होस आयो। आँखा खोल्दा उनको हात सुम्सुम्याउँदै तारा बसेकी थिइन्। खुट्टाबाट सलाइन दिइराखिएको थियो। तारा घर पनि नगई उनको रेखदेख गरिरहेकी थिइन्। अञ्जुको होस आएपछि उनका आँखाबाट हर्षका आँसु झरे।
अञ्जुलाई लाग्यो, उनको खास आमा त अगाडि छिन्। उनको वात्सल्यमा अभिभूत भइन् उनी।
“तारा सिस्टरलाई देखेपछि मलाई लाग्यो, जन्म दिँदैमा आमा नहुने रैछ। आमा त भावना र मायाले बनाउने रहेछ”, अञ्जुले सुनाइन्।
अनि बुबा ?
अप्रेसन सफल भएको सात दिनपछि बा अस्पतालमा आए। उनको आगमनभन्दा विस्मयकारी थियो त्यसरी छोरीलाई अप्रेसन थिएटरमा छोडेर भाग्नुको कारण।
‘घरमा छोराको बिहे गरेर बसेँ हजुर, काम गर्ने मानिस थिएन, अब अञ्जुको लागि कति पोका रगत चाहिन्छ, म लिएर आउँछु’ - यस्तै भने उनले।
“ल हेर्नुस् त आफ्नै बुबाको माया !”, लाग्छ अहिले पनि सम्झिँदा विस्मित हुन्छिन् उनी। सुनाउँदै गर्दा एउटा कठोर भावको लहर दौडियो अञ्जुको अनुहारमा। भनिन्, “त्यस्तो मान्छेलाई बा भन्ने ? म त बोलिनँ। कसार र चिउरा ल्याएको थियो। ‘ठीकै छ धन्यवाद, छोराको जति छोरी भइनछु’ भनेँ, अनि चुप लागेँ।”
त्यो अप्रेसनपछि अञ्जुको मस्तिष्क खासै तिक्ष्ण रहेन। अर्कोतिर घाउ दुखिरहन्थ्यो। कक्षा ९ बाट १० मा जाने परीक्षामा उनी फेल भइन्। फेल भएको सुनेपछि उनले मार्कसिटमा अंक थपेर लगी तारा सिस्टरलाई बुझाइन्। पछि उनको बदमासी तारालाई थाहा भयो। ताराले उनलाई गाली गर्नुको साटो मायाले सम्झाइन्।
‘पढ्न सकेनौं भने अब तिमीले सीप सिक’ भनेर सम्झाइन्।
उनी पनि केही सीप सिक्छु भन्ने सोचमा थिइन्। तर, स्पोन्सर नपाएपछि अस्पतालले बाआमासँगै पठाइदियो। यसपालि गाउँमा होइन, शहरमा। भक्तपुरको ठिमीमा घर बनाइसकेका थिए बुबाले।
ठिमीमा पनि बाले राम्रो व्यवहार देखाएनन्। घरमा उनको साथी भनेकै रेडियो भयो। त्यही रेडियो उनको निम्ति नयाँ गोरेटो बनी आयो।
एकपटक उनले रेडियोमा ‘सुष्मा कोइराला मेमोरियल अस्पताल’ले आगोले जलेका मानिसहरूको उपचार गर्ने सूचना सुनिन्। उनलाई त्यहाँसम्म लगिदिने त कोही थिएन।
जिन्दगीको लागि चोरी गरिन् उनले। बुबाको खल्तीबाट ५०० रूपैयाँ चोरिन् उनले। यो २०५८ सालको कुरा। त्यतिबेला १७ वर्षकी थिइन् उनी।
त्यही ५०० रूपैयाँको बलमा उनी सोधखोज गर्दै अस्पतालसम्म पुगिन्। त्यहाँ उनले जर्मन डाक्टर आन्ड्रियासलाई भेटिन्। शुरूमा त उनको घर, परिवार सोधखोज गरियो। उनले सबै इतिवृतान्त सुनाइन्।
घरमा पुगेपछि बुबाआमाले उनको विवाह गर्ने निर्णय गरिदिए तर, ७० वर्षे बुढा फुपाजुसँग। त्यतिबेला अञ्जु २३ वर्षकी थिइन्।
डाक्टर आन्ड्रियासले उनको पीडा बुझे। उनको निःशुल्क उपचारको व्यवस्था गरिदिए। त्यतिमात्र कहाँ हो र ? खाने, बस्ने बन्दोबस्त पनि मिलाइदिए।
२२ वर्षको हुँदासम्म त्यही अस्पतालमा बसिन् उनी। त्यो क्रममा उनको पटक-पटक शल्यक्रिया भयो। घाँटी, कान, छाती, हात जताततै शल्यक्रिया भयो।
“रिपोर्ट हेर्दा त म १०० पटकभन्दा बढी अप्रेसन हुनेको सूचीमा परेछु”, अञ्जु सुनाउँछिन्।
उपचारसँगै उनका दागहरू पनि कम हुँदै गए। उनले अस्पतालमै जसको आफन्त हुँदैनन् तिनको आफन्त बनेर काम गरिन्।
उपचारपछि डाक्टर आन्ड्रियासले उनलाई ‘शान्ति सेवा पुनर्स्थापना केन्द्र’मा सीप सिक्न पठाए। त्यहाँ उनले सीप मात्र सिकिनन् मासिक पैसा पनि पाइन्। सीप सिकेर प्रमाणपत्र पाएपछि उनी आफ्नो बदलिएको स्वरूप देखाउन बाआमाकोमा गइन्।

“त्यो थाहा पाएपछि म घरबाट भागेर त्यही शान्तिसेवामा आएँ”, उनी सुनाउँछिन्।
शान्तिसेवामा आएपछि उनी जागिरे भइन्। सिलाइकटाइ गर्न थालिन्। शुरूको तलब १५ सय थियो। त्यो १५ सय उनलाई १५ हजारभन्दा पनि बढी लाग्यो। पहिलो तलबले तारा दिदीलाई पश्मिनाको सल किनेर दिइन्। आफूले सीप सिकेको सर्टिफिकेट देखाइन्। ताराका आँखाबाट फेरि एकपटक हर्षका आँसु खसे।
शान्तिसेवामा उनले झोला, बल लगायतका सामग्री बनाउन थालिन्। त्यहाँका दिदीहरूले उनलाई असिस्टेन्ट बनाएका थिए। आमा नभएका बच्चाको अभिभावक बनेर काम गर्दा अतिरिक्त पैसा थपिन आउँथ्यो। उनको तलब मासिक २८ सय पुग्यो।
यी सबै अभ्यासले उनलाई उत्प्रेरणा दिए। अब त जिन्दगी जिउन सकिन्छ भन्नेमा ढुक्क भइन्।
२०६२/६३ मा उनले मोबाइल किनिन्, एफएम बज्नेवाला। यो फोनले उनको जिन्दगीमा अर्को मोड ल्यायो।
एकदिन अञ्जुको साथीले नम्बर मागिन्। उनले खुरुक्क दिइन्। ती साथीले त आफ्नो देवरलाई उनको नम्बर दिइछन्। फोनमा उनीसँग दिनप्रतिदिन कुरा हुन थाल्यो। अनि कुरैकुरामा भेट हुन थाल्यो। उनै देवरको माध्यमबाट उनको भेट भयो गोपालसँग। पेशाले ड्राइभर थिए गोपाल।
कुराकानी बढ्दै गएपछि गोपालले एकदिन उनलाई सोधे, “यति राम्री छौ, किन बिहे नगरेको ?”
त्यही क्रममा गोपालले अञ्जुलाई प्रेम प्रस्ताव राखे। गोपालको बिहे भइसकेको थियो। बच्चा पनि थिए। तर, पत्नीको देहान्त भइसकेको थियो।
गोपालको प्रस्ताव सुनेर उनलाई शुरूमा डर लाग्यो। उनले आफ्नो पोलिएको शरीर देखाइन्।
“मैले तिम्रो शरीरलाई होइन, मनलाई माया गरेको हो भन्नुभयो”, अञ्जु सुनाउँछिन्, “उहाँले त्यसो भनेपछि म विवाह गर्ने निर्णयमा पुगेँ।”
शान्तिसेवामा काम गर्ने साथीहरूसँग सल्लाह गरेर उनी विवाह गर्ने निर्णयमा पुगिन्। बिहेमा बाआमालाई भने बोलाइनन्। शान्ति सेवाकै दुर्गा न्यौपाने भन्ने बुबाकै उमेरकाले उनको कन्यादान गरिदिए। उनलाई ढुंगा खोज्दा देउता मिल्यो। विधिवत् रूपमा १ माघ २०६३ मा गुहेश्वरीमा उनीहरूको बिहे भयो।
बिहेले उनलाई खुशी दियो। त्यो खुशीसँगै उनको पेटमा बच्चा बस्यो। तर, त्यो खुशी रहिरहेन। अञ्जुको पेटमा बच्चा बढ्ने ठाउँ थिएन।
उनले पतिसँग सल्लाह गरिन्। एकातिर उनको पेटमा बच्चा बढ्ने ठाउँ थिएन। अर्कोतिर उनको स्तन थिएन। जन्माएपछि कसरी दूध खुवाउने पनि थाहा थिएन। तैपनि दुवैजना बच्चा जन्माउने टुंगोमा पुगे। दुवैले पैसा बचत गर्न थाले। गोपालले अञ्जुलाई सहयोग गर्थे।
त्रिवि शिक्षण अस्पतालमा उनी नियमित जाँचका लागि जान्थिन्। शुरूमा उनलाई हेर्नको लागि खटाइएका डाक्टर भने उनको अवस्था देखेपछि तर्सिए। सक्दिन भनेर गए।
“यस्तो प्यासेन्ट केही भयो भने जागिर जान्छ भनेर सरुवा नै भएछन्। तर, डाक्टर सुनितीले मेरो जाँच गरिन्। उनले बाहिरी भाग जले पनि भित्री भाग दुरुस्त छ भनेर हौसला दिन्थिन्”, सुनाउँछिन् अञ्जु।
बच्चा जन्मिने समय नजिकिँदै गएपछि गौरीघाटमा कोठा लिए यी दम्पतीले। दुःखसाथ ९ महीना कटाइन्।
बायाँतिर धेरै नै जलेको हुनाले दायाँतिरबाट शल्यक्रिया गरेर बच्चा निकाल्ने टुंगोमा पुगे डाक्टरहरू। अञ्जुको पारिवारिक अवस्था अस्पतालमा थाहा थियो। त्यसैले टिचिङ हस्पिटलमा उनको शल्यक्रिया पनि सित्तैमा हुने भयो।
शल्यक्रिया हुने दिन अञ्जु र गोपाल निकै डराएका थिए।
“मैले त मनकामना देवीलाई भाकिरहेकी थिएँ। म मरे पनि मेरो चिनो मेरो बुढालाई देऊ भनिरहेकी थिएँ। यत्तिकैमा डाक्टरले खुट्टा समातेर बच्चा देखाउँदै छोरा भयो भने”, उनी सुनाउँछिन्।
सफल शल्यक्रिया भएकाले उनले छोराको नाम नै राखिन्- सफल।
बच्चा त जन्मियो, तर अञ्जुको स्तन थिएन, के खुवाएर बचाउने ? ल्याक्टोजेन किनेर छोरालाई खुवाउन थालिन्। त्यही बेला अर्को बज्रपात आइलाग्यो। गोपालकी आमालाई क्यान्सर देखियो। गोपालले कमाएको पैसा सबै आमाको उपचारमा खर्च हुन थाल्यो।
बिस्तारै गोपाल परिवर्तन भए। अञ्जु र बच्चालाई वास्तै गरेनन्। कोठामा भेट्न पनि गएनन्। बच्चालाई दूध किनेर खुवाउनसमेत नसक्ने अवस्थामा पुगिन् अञ्जु। दूध खुवाउने पैसा नभएर तीन महीनाको बच्चालाई भात खुवाइदिइन् उनले। धन्न ! शान्ति सेवाले रासन दिने गरेको थियो। त्यही खाना उनले चपाएर बच्चालाई खान दिन्थिन्।
“कतिसम्म दुःख भोगिनँ र मैले ? दिनरात भगवान पुकार्थें। ‘मेरो सहारा बचाउनुछ भने तिमीले पनि त बाटो लगाऊ, कति मेरो भागमा दुखै मात्र दिन्छौ भनेर यो बच्चालाई बचाइदेऊ’ भनेर भगवान पुकार्थें”, दुःखका ती दिन सुनाउँदा अहिले पनि अञ्जुका आँखा भरिन्छन्।
आमाको संघर्षसँगै छोरा बढ्दै गयो। तर, उसलाई पढाउन सक्ने हैसियत उनको थिएन। अनि उनी फेरि त्यही हेला गर्ने माइतमा पुगिन्।
“बामात्र होइन, अञ्जुकै भाइकी पत्नीले समेत ‘चोक्टा खान गकी, झोलमा डुबेर मरी’ भनेर हेप्न थाले। हिजो एक्लै थि, अहिले अर्काे पनि लिएर आयो भनेर हेप्थे”, अञ्जु सुनाउँछिन्।
अञ्जुको अवस्था देखेर तारा भावविह्वल भइन्। उनको निम्ति अञ्जु छोरी नै थिइन्। आफ्नै काखमा राखेर जो हुर्काएकी थिइन्।
ताराले सफलको पढाइको लागि युथ फाउन्डेसनको तर्फबाट पढाउने व्यवस्था मिलाइदिइन्। तीन कक्षासम्म मोडल विद्यालयमा पढाइन्। छोराको आवाज सुनेर अञ्जुले आफ्नो पीडामा मल्हम लगाउँदै गइन्। शान्ति सेवाले मेसिन, कैची किनेर दिएको थियो। उनी लुगा सिलाएर जीविका चलाउँथिन्।
त्यहीबेला फेरि अर्को बज्रपात आइलाग्यो- २०७२ को भूकम्प। छिमेकको घर भत्किएर उनलाई चोट लाग्यो। त्यतिबेला उनलाई सहयोग गर्ने कोही भएन। बाआमा गाउँबाट आएनन्, छिमेकीले पनि वास्ता गरेनन्। अनि उनी युथ फाउन्डेसनको दिदीहरूसँग रोइन्। उनीहरूले सल्लाह दिए- विवाह गरेको ठाउँ, सामाखुसीमा गएर बस।
उनीहरूले त्यसो भनेपछि उनी पतिको घरमा गइन्। ढोकामा ताल्चा लगाएको थियो, फुटाएर पसिन्। भान्छामा जे छ त्यही खाइन्। उनीसँग कानूनी आधार थियो। गोपालले उनको विवाह दर्ता, बच्चाको जन्मदर्ता बनाइदिएका थिए। आफ्नो अधिकार दाबी गरिन् अञ्जुले। तर, सासुससुरालाई उनी मन परेको थिएन।
“सासुआमाले त चुरोटको ठुटाले लुगा पोलिदिइन् पनि। समाजले पनि तिरस्कार गर्थ्यो। श्रीमान् पनि घर बस्दैनथे। सासु र ससुराको हेला सहेरै पनि बसेँ म”, अञ्जु सुनाउँछिन्।
अहिले अञ्जुको जिन्दगी सामान्य बन्दै गएको छ। उनको साथी भन्ने नै छोरा बनेका छन्। अञ्जु आफैं कपाल कोर्न सक्दिनन्, छोराले कोरिदिन्छन्। गोपालको पहिलो पत्नितिरबाट छोरा र छोरी छन्। उनीहरूले पनि अञ्जुलाई आमा सरह नै माया गर्छन्।
“एकजना मैले जन्माएँ, अर्काे भगवानले दिए”, उनी भन्छिन्, “म संसारको भाग्यमानी आमा हो भन्ने लाग्छ मलाई।”
अञ्जुकी सासु बितिसकेकी छन्। ससुरालाई कुष्ठरोग छ, उनैले भात खुवाइदिनुपर्छ। लुगा फेरिदिनुपर्छ। नुहाइदिनुपर्छ। पति प्रायः बाहिरै हुन्छन्। जस्ताले छाएको टहरामा उनीहरूको बास छ। बर्खामा जस्ताबाट पानी चुहिन्छ, उनीहरू चुइंगम टाँस्छन्। दुःखसुख बाँडेर बसेका छन्। ससुरा र बच्चाहरूसँग उनी खुशी छिन्।
कहिलेकाहीँ आफू आएको बाटो फर्की हेर्छिन् अञ्जु। कहालीलाग्दो भीरैभीरको बाटो कसरी हिँडेहुँला जस्तो लाग्छ उनलाई। तर, त्यो भोगाइले उनलाई जिन्दगीका जस्तासुकै अप्ठ्यारामा पनि आशाको उज्यालो खोज्न सिकाएको छ। अहिले उनी जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्ने भएकी छन्। उनको एउटै इच्छा छ, छोरालाई पढाएर समाजसेवी बनाउने।
“समाजको गुलाफ मेरो छोरा होस्। कसैलाई रुखो वचन नबोलोस्। मलाई सहयोग र माया गर्ने तारा ममी, डाक्टर आन्ड्रियास र युथ फाउन्डेसन जस्तो बनोस्”, अञ्जु भन्छिन्।
पढ्नुहोस्ः
एउटाले सलाई दियो अर्कोले जीवन: रास्ता खड्गी (जीवन सुन्दर छ, भाग–५)
जस्तो हेर्यो त्यस्तै देखिन्छ जिन्दगी: हार्न नजानेकी जब्बर जायत्रीको कथा (जीवन सुन्दर छ, भाग-१)
" /> काठमाडाैं। २०४० साल कात्तिक महीना। जोरपाटीमा रहेको अपांग बाल अस्पतालको पेटी। करीब ६ महीनाकी एक बालिका मृत्यु र जीवनको दोसाँधमा छट्पटाइरहेकी थिइन्। शरीर आगोले जलेको थियो। रुवाइ बन्द थियो। बाँचेको जस्तो देखिने कुनै लक्षण थिएन। घाँटीनेरको नसाको सुस्त चालले मात्र उनी जीवित छन् भन्ने जनाउँथ्यो। तर, उनलाई नबाँच्ने ठानेर बचाउनुपर्नेहरूले नै छोडिहिँडेका थिए।त्यसरी बेवारिस अवस्थामा छोडिजाने अरू कोही थिएनन्। उनका आफ्नै जन्मदाता बाबु र सँगै आएका साइँलाबा, माइलाबा थिए। र, बेवारिस बनाइएकी शिशु थिइन्– अञ्जु गिरी।

">