परिवर्तन संस्थागत गर्न प्रदेश सरकार क्रियाशील : मुख्यमन्त्री राई <p>विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रजातन्त्र बहालीसँगै प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न सबैजना लाग्&zwj;नुपर्नेमा जोड दिएका छन्।</p> <p>प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै&nbsp;राईले दुई बर्ष अगाडि गठन भएको प्रदेश सरकार देश र जनताको परिवर्तनको लागि शहीदहरूले देखेको सपना साकार पार्न क्रियाशील भएको बताएका छन्।</p> <p>&#39;अबको अजेण्डा विकास र समृद्धिको हो। शहीदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा आह्वान गर्दछु&#39;, उनले भनेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्