जग्गा अभावमा अलपत्र पर्दै धनगढीको 'एयरक्राफ्ट म्युजियम'
कैलाली। धनगढीको आकर्षण बनेको 'एयरक्राफ्ट म्युजियम' ठाउँ अभावमा अन्यत्रै सार्नुपर्ने अवस्थामा पुगेको छ।
म्युजियम राखिएको हालको जग्गाको लिज अवधि छ वर्षको थियो।
क्याप्टेन उप्रेतीले कस्मिक एअरको ग्राउण्डेड फोकर-१०० जहाज बैशाख २०७० सालमा डेढ करोड रूपैयाँ लगानी गरी धनगढी ल्याएर स्थापना गरेका थिए।
क्याप्टेन वेद उप्रेती ट्रस्टमार्फत् धनगढी र काठमाडौंमा एयरक्राफ्ट म्युजियम संचालन भइरहेको छ।
ट्रष्टले महेन्द्रनगरमा पनि म्युजियम स्थापनाको काम थालेको छ।
धनगढीस्थित देशकै पहिलो विमान संग्रहालयभित्र राइट ब्रदर्शका पालादेखि अहिलेसम्म बनेका दुई सयभन्दा बढी नमुना विमान पर्यटकको अवलोकनका लागि राखिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्