काठमाडौं। चीनको वुहानबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा स्वास्थ्य परीक्षणको क्रममा कसैलाई कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति निकालेर भनेको छ, 'कोरोना भाइरस रोग (कोभिड-१९) को परीक्षण गर्दा हुबेई प्रान्तबाट नेपाल ल्याइएका सबै १७५ जना नेपालीमा कोरोना भाइरस नकारात्मक देखिएको जानकारी गराउन पाउँदा नेपाल सरकारका साथसाथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ज्यादै खुशी भएको छ।'
मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुले ६ फागुनमा जानकारी गराएअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवेल कोरोना कोरोना भाइरसको लागि रियल टाइम आरटी-पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा सो भाइरसको संक्रमण नभेटिएको जानकारी गराइएको छ।
नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजबाट ४ फागुन बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका उनीहरूलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखिएको छ।
उद्धार गरिएकामा १३४ जना पुरूष र ४१ जना महिला छन्।
पहिलो दिन ४ फागुनमा क्वारेन्टाइनमा रहेका १७५ जनाकै घाँटीको स्वाव नमूना संकलन गरिएको थियो।
क्वारेन्टाइनको अन्तिम १४ औं दिनमा पनि उनीहरूको स्वावको नमुना परीक्षणको लागि पुन: संकलन गरिने मन्त्रालयले जनाएको छ।
क्वारेन्टाइन अवधिभर नियमित स्वास्थ्य जाँच र शंकास्पद लक्षण देखिएमा प्रयोगशाला परीक्षण र उपत्यकाकाका केही अस्पतालहरूमा छुट्टै उपचार कक्ष तयारी अवस्थामा राखिएको छ।
" /> काठमाडौं। चीनको वुहानबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा स्वास्थ्य परीक्षणको क्रममा कसैलाई कोरोना भाइरसको संक्रमण नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।स्वास्थ्य मन्त्रालयले आज विज्ञप्ति निकालेर भनेको छ, 'कोरोना भाइरस रोग (कोभिड-१९) को परीक्षण गर्दा हुबेई प्रान्तबाट नेपाल ल्याइएका सबै १७५ जना नेपालीमा कोरोना भाइरस नकारात्मक देखिएको जानकारी गराउन पाउँदा नेपाल सरकारका साथसाथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ज्यादै खुशी भएको छ।'

">