बाँके। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्त्वका काम गर्दै गएको बताएका छन्। गोरखापत्र प्रकाशनद्वारा आज कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्त्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताएका हुन्।
“समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रूपमा बुझ्नु पर्छ”, उनले भने।
मन्त्री बाँस्कोटाले सरकारप्रति जनता खुशी रहेको र अझै खुशी बनाउन लागि परेको बताउँदै भने, “सम्पूर्ण सफलता हासिल गरेका छैनौँ। शुरुआत हो। अहिलेको सरकार चटके सरकार होइन। हामीसँग स्पष्ट बहुमत छ र हामी हरेक क्षेत्रमा दीर्घकालीन काम गर्दछौं।”
उनले सरकारले हरेक दिन देश एककदम अगाडि बढ्ने गरी काम गरिरहेकाले अब देश पछाडि फर्किन नसक्ने बताए।
“एक आँखो प्रेस हुँदैन। एक आँखो चिम्लिने त शिकारी हुन्छ। प्रेसले चाहिं दुईवटै आँखा खुल्ला गर्नुपर्छ”, उनले भने, “तर अहिलेको प्रवृत्ति कस्तो छ भने शिकारीले जस्तो सरकारलाई ठोक्ने भएको छ, तर जति ठोके पनि केही फरकै पर्दैन। हामी काम गरिरहन्छौँ र काम गर्न छोड्दैनौँ।” रासस
" /> बाँके। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले हरेक क्षेत्रमा नयाँ र दीर्घमहत्त्वका काम गर्दै गएको बताएका छन्। गोरखापत्र प्रकाशनद्वारा आज कोहलपुर संस्करणको शुभारम्भ समारोहमा उनले सरकारले दिनदिनै नयाँ र दीर्घमहत्त्वका काम गरेर आफूमाथिका आरोप असत्य प्रमाणित गर्दै गएको बताएका हुन्।“समृद्धि र सुख कुनै बाटो, पुल, खानेपानी र ढल जस्तो होइन, यो एउटा राष्ट्रिय चिन्तन प्रणालीसहितको लम्बेयात्राका रूपमा बुझ्नु पर्छ”, उनले भने।

">