सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताएका हुन्।

“प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, आवश्यकता, जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन्”, उनले भने, “प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो, अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन।”

अध्यक्ष दाहालले सङ्घीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेषरूपले सम्बोधन गर्नुपर्ने बताए। पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उनले यस विषयमा पार्टीले सङ्घीय सरकारलाई आवश्यक निर्देशन दिने बताए।

प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा उनले सङ्घीय निजामती ऐन बनेपछि प्रदेशलाई यससम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा राखे। उनले भने, “जतिसक्दो छिटो निजामती ऐन बनाई प्रदेशलाई कर्मचारी नियुक्तिको अधिकार दिएमा कर्मचारीको समस्या समाधान हुन्छ।”

सुर्खेत विमानस्थल विस्तार गर्ने कार्यमा आफूले पहल गर्ने दाहालले प्रतिबद्धता व्यक्त गरे। पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित अध्यक्ष दाहाल सुर्खेत आएका थिए। रासस

" /> सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताएका हुन्।

“प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, आवश्यकता, जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन्”, उनले भने, “प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो, अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन।”

अध्यक्ष दाहालले सङ्घीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेषरूपले सम्बोधन गर्नुपर्ने बताए। पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उनले यस विषयमा पार्टीले सङ्घीय सरकारलाई आवश्यक निर्देशन दिने बताए।

प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा उनले सङ्घीय निजामती ऐन बनेपछि प्रदेशलाई यससम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा राखे। उनले भने, “जतिसक्दो छिटो निजामती ऐन बनाई प्रदेशलाई कर्मचारी नियुक्तिको अधिकार दिएमा कर्मचारीको समस्या समाधान हुन्छ।”

सुर्खेत विमानस्थल विस्तार गर्ने कार्यमा आफूले पहल गर्ने दाहालले प्रतिबद्धता व्यक्त गरे। पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित अध्यक्ष दाहाल सुर्खेत आएका थिए। रासस

"> नेकपा अध्यक्ष दाहालले भने- ‘बाँके-बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन’: Dekhapadhi
नेकपा अध्यक्ष दाहालले भने- ‘बाँके-बर्दिया तत्काल कर्णालीमा गाभिने सम्भावना छैन’
सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले तत्कालै बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको बताएका छन्। सुर्खेत विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भौगोलिक संरचनामा हेरफेर गर्न सकिने भए पनि तत्कालै सम्भावना नरहेको बताएका हुन्।

“प्रदेशको बनावट अहिले जस्तो छ सधैँभरि त्यस्तै हुँदैन, आवश्यकता, जनताको चाहनाअनुसार परिवर्तन हुन सक्छन्”, उनले भने, “प्रदेशको नाम र राजधानी तोक्ने सन्दर्भमा आएको प्रसङ्ग हो, अहिले त्यस प्रकारको कुनै छलफल भएको छैन।”

अध्यक्ष दाहालले सङ्घीय सरकारले आगामी नीति तथा कार्यक्रम ल्याउँदा कर्णालीलाई विशेषरूपले सम्बोधन गर्नुपर्ने बताए। पार्टीको प्रदेश भेलामा आगामी नीति तथा कार्यक्रम र बजेटमा कर्णालीलाई विशेष सम्बोधन गर्नुपर्ने विषय जोडदार उठेको भन्दै उनले यस विषयमा पार्टीले सङ्घीय सरकारलाई आवश्यक निर्देशन दिने बताए।

प्रदेश सरकारले कर्मचारी अभावमा काम गर्न नसकेको सन्दर्भमा उनले सङ्घीय निजामती ऐन बनेपछि प्रदेशलाई यससम्बन्धी आफ्नो ऐन निर्माण गर्न बाटो खुल्ने धारणा राखे। उनले भने, “जतिसक्दो छिटो निजामती ऐन बनाई प्रदेशलाई कर्मचारी नियुक्तिको अधिकार दिएमा कर्मचारीको समस्या समाधान हुन्छ।”

सुर्खेत विमानस्थल विस्तार गर्ने कार्यमा आफूले पहल गर्ने दाहालले प्रतिबद्धता व्यक्त गरे। पार्टीको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेलसहित अध्यक्ष दाहाल सुर्खेत आएका थिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्