काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणालीबिना लोकतन्त्र फष्टाउन नसक्ने बताएका छन्।

निर्वाचन आयोगद्वारा आज आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिए।

निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनताको प्रतिनिधित्वको प्रतिबिम्वित हुनुपर्ने उनकाे भनाइ छ। प्रधानमन्त्री ओलीले निष्पक्ष रहेर शान्तिपूर्ण निर्वाचन गराएको र त्यसका लागि आयोगले गरेको प्रयासको सराहना गरे। “देशका निम्ति सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल बनाउने र राष्ट्रिय आकांक्षाको परिपूर्तिमा सफलतापूर्वक अघि बढेका छौं”, उनले भने, “लोतन्त्रप्रतिको निष्ठा र चाहनाका लागि भएका सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा रहेको संविधान जारी भएपछि भएका निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको उत्कृट चाहनालाई मुखरित गरेको छ, अबको चुनौती भनेको निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने नै हो।”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी निर्वाचनका माध्यामबाट शान्ति, स्थिरता, समृद्धि र सुशासका लागि आयोगले सहयोग पुर्‍याउँदै आएको बताए। “इतिहासका सबै कालखण्ड र राजनीतिक उपलब्धिका रूपमा मुलुकले अङ्गीकार गरेको शासन प्रणालीका आधारमा संविधान र कानूनअनुरुप निर्वाचनका माध्यमबाट वैधानिकता प्रदान गर्न आयोगबाट निष्पक्ष ढङ्गबाट काम हुँदै आएको छ”, उनले भने।

" /> काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणालीबिना लोकतन्त्र फष्टाउन नसक्ने बताएका छन्।

निर्वाचन आयोगद्वारा आज आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिए।

निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनताको प्रतिनिधित्वको प्रतिबिम्वित हुनुपर्ने उनकाे भनाइ छ। प्रधानमन्त्री ओलीले निष्पक्ष रहेर शान्तिपूर्ण निर्वाचन गराएको र त्यसका लागि आयोगले गरेको प्रयासको सराहना गरे। “देशका निम्ति सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल बनाउने र राष्ट्रिय आकांक्षाको परिपूर्तिमा सफलतापूर्वक अघि बढेका छौं”, उनले भने, “लोतन्त्रप्रतिको निष्ठा र चाहनाका लागि भएका सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा रहेको संविधान जारी भएपछि भएका निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको उत्कृट चाहनालाई मुखरित गरेको छ, अबको चुनौती भनेको निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने नै हो।”

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी निर्वाचनका माध्यामबाट शान्ति, स्थिरता, समृद्धि र सुशासका लागि आयोगले सहयोग पुर्‍याउँदै आएको बताए। “इतिहासका सबै कालखण्ड र राजनीतिक उपलब्धिका रूपमा मुलुकले अङ्गीकार गरेको शासन प्रणालीका आधारमा संविधान र कानूनअनुरुप निर्वाचनका माध्यमबाट वैधानिकता प्रदान गर्न आयोगबाट निष्पक्ष ढङ्गबाट काम हुँदै आएको छ”, उनले भने।

"> लोकतन्त्रको मुटु भनेकै निर्वाचन हाेः प्रधानमन्त्री ओली: Dekhapadhi
लोकतन्त्रको मुटु भनेकै निर्वाचन हाेः प्रधानमन्त्री ओली <p style="text-align:justify">काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको मुटु भनेकै निर्वाचन भएकाले सुुदृढ निर्वाचन प्रणालीबिना लोकतन्त्र फष्टाउन नसक्ने बताएका छन्।</p> <p style="text-align:justify">निर्वाचन आयोगद्वारा आज आयोजित चौथो निर्वाचन दिवस विशेष समारोहमा उनले निर्वाचनमा जनसहभागिता बढाउन, कम खर्चिलो, स्वच्छ, पारदर्शी बनाउने र आम जनताको हितको भावनाको प्रतिनिधित्व हुन सकोस् भन्नेतर्फ हाम्रा क्रियाकलाप लक्षित हुनुपर्नेमा जोड दिए।</p> <p style="text-align:justify">निर्वाचन शान्तिपूर्ण मात्रै होइन, जनताको प्रतिनिधित्वको प्रतिबिम्वित हुनुपर्ने उनकाे भनाइ छ। प्रधानमन्त्री ओलीले निष्पक्ष रहेर शान्तिपूर्ण निर्वाचन गराएको र त्यसका लागि आयोगले गरेको प्रयासको सराहना गरे। &ldquo;देशका निम्ति सुशासन र विकासको बाटोबाट समृद्ध नेपाल बनाउने र राष्ट्रिय आकांक्षाको परिपूर्तिमा सफलतापूर्वक अघि बढेका छौं&rdquo;, उनले भने, &ldquo;लोतन्त्रप्रतिको निष्ठा र चाहनाका लागि भएका सङ्घर्ष र बलिदानको उपलब्धिका रूपमा रहेको संविधान जारी भएपछि भएका निर्वाचनमा जनताको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रप्रतिको उत्कृट चाहनालाई मुखरित गरेको छ, अबको चुनौती भनेको निर्वाचनलाई कसरी कम खर्चिलो बनाउने नै हो।&rdquo;</p> <p style="text-align:justify">प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वासनीय र मितव्ययी निर्वाचनका माध्यामबाट शान्ति, स्थिरता, समृद्धि र सुशासका लागि आयोगले सहयोग पुर्&zwj;याउँदै आएको बताए। &ldquo;इतिहासका सबै कालखण्ड र राजनीतिक उपलब्धिका रूपमा मुलुकले अङ्गीकार गरेको शासन प्रणालीका आधारमा संविधान र कानूनअनुरुप निर्वाचनका माध्यमबाट वैधानिकता प्रदान गर्न आयोगबाट निष्पक्ष ढङ्गबाट काम हुँदै आएको छ&rdquo;, उनले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्