काठमाडौं। नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थसचिव शिशिरकुमार ढुंगानासँग छुट्टाछुट्टै भेटवार्ता गरेर नेपालमा औद्योगिक प्रतिस्पर्धाको वातावरण बनाउन सुझाव दिएका छन्।
अर्थसचिवबाट राजन खनालको अवकास भएपछि सरकारले अर्थ मन्त्रालयमै राजश्व सचिव रहेका ढुङ्गानालाई अर्थसचिवको जिम्मेवारी दिएको छ। ढुङ्गानालाई बधाई दिन उद्योगी व्यवसायीहरूको समूह आज अर्थ मन्त्रालय पुगेको थियो।
अर्थसचिवसँगको भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भारतीय बजेटको प्रभाव मूल्यांकन गरी नेपालका उद्योग व्यवसायलाई प्रतिस्पर्धी हुने वातावरणको व्यवस्था मिलाउन आग्रह गरे।
चीनमा देखा परेको कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कच्चा पदार्थ तथा तयारी वस्तुको आयात निर्यात तथा पर्यटन उद्योगमा पर्न गएको नकारात्मक असरलाई नियाल्नु पर्ने उनले बताए।
आजै नेपाल चेम्बर अफका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधि मण्डलले पनि अर्थसचिव ढुङ्गानालाई भेटेर नेपाल राष्ट्र बैंकले गर्ने मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बैंकको व्याजदरमा पुनर्विचार हुने व्यवस्थाको लागि पहल गरिदिन अनुरोध गरेका छन्।
उनले बैंकिङ समस्या समाधान गर्न सरकारले कमिटी गठन गरेकाले व्याजदर घट्नेमा उद्योगी तथा व्यवसायी आशावादी रहेको बताए।
छलफलमा अर्थसचिव ढुंगानाले भारतको नयाँ बजेटको नेपाली अर्थतन्त्रमा पर्ने प्रभाव मूल्यांकन गर्न अध्ययन समितिले काम पूरा गर्न लागेको बताउँदै त्यसले दिने सुझावलाई कार्यान्वयन गर्ने जानकारी उद्योगी, व्यवसायीलाई गराएका थिए।