सम्पत्ति विवरण नबुझाउने १७ हजार जनप्रतिनिधि र कर्मचारीमाथि कारवाही
काठमाडौं। प्रत्येक आर्थिक वर्ष सकिएको ६० दिनभित्र जनप्रतिनिधि तथा कर्मचारीले आफू तथा आफ्नो परिवारका सदस्यको नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।

तर, १७ हजार जनप्रतिनिधि तथा कर्मचारीले यो प्रावधानको अटेरी गरेका छन्।

सम्पत्ति विवरण बुझाउन अटेर गर्ने जनप्रतिनिधि र कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र काटेर प्रति व्यक्ति पाँच हजार रूपैयाँ जरिवाना गराएको छ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले राष्ट्रिय सतर्कता केन्द्रले दिएको रिपोर्टको अधारमा तोकिएको समयमा सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधि तथा कर्मचारीलाई पाँच हजार रूपैयाँ जरिवाना गर्न पत्र पठाएको बताए।

भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारी तथा जनप्रतिनिधिले जरिवाना तिरेपछि पनि सम्पत्ति विवरण फाराम भर्नैपर्छ।

फेरि पनि अटेरी गरेमा त्यस्ता कर्मचारी तथा जनप्रतिनिधिमाथि अख्तियारले थप अनुसन्धान गर्न सक्ने छ।

सतर्कता केन्द्रले हरेक वर्ष स्थानीय तहका पदाधिकारी, निजामती कर्मचारी, नेपाली सेना, शिक्षक तथा प्रहरीको सम्पत्ति विवरण संकलन गर्छ।

केन्द्रका अनुसार आर्थिक वर्ष २०७५/७६ को शुरूको ६० दिनभित्र १७ हजार १२७ पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्।

तीमध्ये संघमा १४ हजार ६९९, प्रदेशमा ४८ र स्थानीय तहमा २ हजार ४१० जना छन्।

निजामती कमृचारीतर्फ ८७ हजार २७९ कर्मचारीमध्ये १९३९ जनाले सम्पत्ति विवरण बुझाएनन्।

यसैगरी नेपाली सेनाका ४६६ जना र प्रहरीतर्फ १२६ जनाले आफ्नो सम्पत्ति विवरण नबुझाएको आजको नागरिक दैनिकमा समाचार छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्