नेपाल भारत सीमा स्तम्भ स्याटलाइटमा जोडिने

काठमाडौं। नेपाल र भारतको सीमामा रहेका स्तम्भ स्याटलाइट प्रणालीमा जोडिने भएको छ।

सीमा विवाद न्यूनीकरण गर्न दुई देशले सीमा स्तम्भमा प्रविधिको प्रयोग गर्न लागेका हुन्।

एक महिनाअघि भारतमा सम्पन्न दुई देशका नापी, गृह तथा परराष्ट्रका अधिकारीहरुको बैठकमा सीमा स्तम्भमा स्याटलाइट जोड्ने विषयमा सहमति भएको आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

जसअनुसार जीपीएस प्रणालीमा आधारित ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिमार्फत सीमास्तम्भ व्यवस्थित गरिनेछ ।

७ देखि ९ सेप्टेम्बरसम्म सर्भे अफिसर्स कमिटी (एसओसी) को ११ औं बैठक देहरादुनमा बसेको थियो।

दसैंलगत्तै काम सुरु हुने नापी विभागी उपमहानिर्देशक करुण केसीले बताइन।

यो प्रविधिको प्रयोग गर्न ४० वटा कन्ट्रोल प्वाइन्ट यसै वर्ष निर्माण हुनेछ ।

बेस र सेकेन्डरी स्टेसनसमेत ४० स्टेसन निर्माण गरिने नापी विभाग सीमा शाखाका प्रमुख दयानन्द जोशीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्