वालिङ। गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन स्याङ्जाको एक नगरपालिकामा अण्डा र झण्डा वितरण अभियान शुरू गरेको छ।
वालिङ नगरपालिका-५ को वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिन (गर्भावस्थादेखि बालबालिकाको २ वर्षसम्मको अवधि) का आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक/एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पंगेनीले जानकारी दिए।
“अण्डा र झण्डा वितरण अभियानले वडाभित्रका गर्भवती महिलालाई नियमित गर्भजाँच गर्न उत्प्रेरणा जाग्नुका साथै स्वास्थ्य र पोषणसम्बन्धी सचेतना जगाउन सहज हुन्छ”, पंगेनीले भने, “नियमित स्वास्थ्यचौकीमा आएर स्वास्थ्य जाँच गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य तथा पोषणस्थितिमा सुधार आउने विश्वास लिएका छौँ।”
गर्भवती तथा जन्मिने शिशुको पोषण स्थितिमा सुधार ल्याउनका कार्यक्रम प्रभावकारी रहेको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।
“ गर्भ जाँच तथा संस्थागत सुत्केरी गराउने महिलाको सङ्ख्यामा वृद्धि हुने र दुई वर्षसम्मका बच्चाको वृद्धि अनुगमनमा उल्लेखनीय सुधार गर्नमा सघाउ पुग्ने छ”, पाण्डेले भने
‘हातमा अण्डा घरमा झण्डा’ अभियानअन्तर्गत गर्भवतीको घरमा रातो झण्डा र जन्मेदेखि दुई वर्षसम्मको बच्चा भएका घरमा हरियो झण्डा राख्न थालिएको छ ।
वडाले थालेको यो अभियान प्रभावकारी देखिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए।
“पोषणलाई ध्यानमा राख्दै आगामी दिनमा घरमै उत्पादन भएका सागपात तथा पशुपक्षीजन्य खाद्यपदार्थ उत्पादनतर्फ जोड दिनु जरुरी छ”, मेयर खाँणले भने, “आफ्नै घरमा उब्जाउन तथा उत्पादन गर्न सकेको खण्डमा दीर्घकालीन फाईदा पुग्न सक्ने भएकाले अब यतातिर पनि ध्यान दिनु आवश्यक छ।” रासस
" /> वालिङ। गर्भवती, सुत्केरी र नवजात शिशुको पोषण अवस्थामा सुधार ल्याउन स्याङ्जाको एक नगरपालिकामा अण्डा र झण्डा वितरण अभियान शुरू गरेको छ।वालिङ नगरपालिका-५ को वडा कार्यालयले वडाभित्रका ११७ सुनौला हजार दिन (गर्भावस्थादेखि बालबालिकाको २ वर्षसम्मको अवधि) का आमा र शिशुको पोषण तथा स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै एक/एक क्यारेट अण्डा वितरण गरिएको वडाध्यक्ष ढाकाराम पंगेनीले जानकारी दिए।

">