महाधिवेशनसँगै कांग्रेसमा नेतृत्व फेरिन्छ: शेखर कोइराला
<p>गाईघाट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चौधौं महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्ने बताएका छन्।</p>
<p>उदयपुरमा पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै कोइरालाले गुटउपगुटको कारण कांग्रेस कमजोर बन्‍न नहुने बताए।</p>
<p>केन्द्रीय सदस्यद्वय गुरुराज घिमिरे र बद्री पाण्डेले पार्टीलाई पुरानै अवस्थामा पुर्‍याउन कार्यकर्ता एकजुट हुनुपर्नेमा जोड दिए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्