काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा कांग्रेसले यस्तो माग गरेको हो।
मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा कमिसन मागेको अडिओ संवाद सार्वजनिक भइसकेको भन्दै कांग्रेसले तत्काल बर्खास्त गर्नुपर्ने बताएको हो।
“सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भइरहेको थियो भन्ने अनुमानित विवरण यसअघि नै सार्वजनिक भएका थिए, स्वयं सञ्चारमन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपश्चात त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ”, कांग्रेसले भनेको छ, “निजलाई तत्काल बर्खास्त गर्न र निष्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक रुपले आग्रह गर्दछ।”
सञ्चारमन्त्री बाँस्कोटाले विजयप्रकाश मिश्र नामका व्यक्तिसँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि कमिसन मागेको दाबीसहित हाम्राकुराडटकमले अडिओ सार्वजनिक गरेको थियो।
" /> काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको छ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा कांग्रेसले यस्तो माग गरेको हो।

">