पर्यटकलाई स्वागत गर्न विमानस्थलमा तीन भाषा बोल्ने ‘पर्यटन परी’

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई स्वागत गर्न ९ फागुनदेखि दुईवटा रोबोट राखिने भएको छ। नेपाली युवाहरूले बनाएको यी दुई रोबोटले नेपाल आउने पर्यटकलाई तीन भाषामा स्वागत गर्ने बताइएको छ।

‘पर्यटक परी’ नाम दिइएका यी दुई रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा विदेशी पर्यटकलाई सेवा दिने छन्। ती रोबोटले पर्यटकहरूलाई दुई हात जोडेर नमस्ते गर्नुका साथै नेपालबारे जानकारी समेत दिनेछन्।

हिंड्डुल समेत गर्न सक्ने क्षमताका दुई रोबोटले नेपालका पर्यटकिय गन्तव्यबारे बोलेरै जानकारी दिनेछन्। दुईतर्फ कुरा पनि गर्न सक्ने यी रोबोटले विमानस्थलबारेका जानकारी पनि दिने बताइएको छ।

रोबोटको उद्घाटन् गर्दै नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले विदेशी पर्यटकलाई आवश्यक जानकारी दिन रोबोट राखिएको बताए। भने, “अंग्रेजी बोल्न र बुझ्न नसक्ने चिनियाँलाई लक्षित गर्दै रोबोटमा चिनियाँ भाषा राखिएको हो।”

परिक्षणका क्रममा सुरु गरिएको रोबोट सेवा सफल भए निर्माणाधिन अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा पनि राखिने मन्त्री भट्टराईले बताए।

पर्यटन बोर्ड, भ्रमण वर्ष सचिवालय र नागरिक उड्डयन प्राधिकरणको संयुक्त लगानीमा नेपालमै बनाइएको दुई रोबोट निर्माणमा झण्डै ४० लाख रुपैयाँ खर्च भएको बताइएको छ। रोबोट नेपाली प्रविधि कम्पनी पाइला टेक्नोलोजीले निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्