"> भ्वाइलिन बजाउँदै गरेका बिरामीको शल्यक्रिया गरी निकालियो मस्तिष्कको ट्युमर (हेर्नुहोस् भिडिओ): Dekhapadhi
भ्वाइलिन बजाउँदै गरेका बिरामीको शल्यक्रिया गरी निकालियो मस्तिष्कको ट्युमर (हेर्नुहोस् भिडिओ)
काठमाडौ। बेलायतकी डग्मार टर्नर (५३) लाई ब्रेन ट्युमरको शल्यक्रियापछि भ्वाइलिन बजाउन नसक्ने पो हुँ कि भन्ने डर थियो। ‘आयल अफ् वाइट सिम्फोनी अर्केस्टा’की भ्वाइलिनवादक डग्मारको जिन्दगी भन्नु नै भ्वाइलिन थियो।

उनको भय बुझेपछि डाक्टरहरूले जुक्ति झिके। उनीहरूले उनले भ्वाइलिन बजाइरहँदा मस्तिष्कका कुन–कुन भागहरू सक्रिय हुन्छन् भन्ने नक्सा कोरे।

लण्डनको ‘किंग्स कलेज अफ् हस्पिटल’मा उनको शल्यक्रिया शुरु भयो। शल्यक्रियाको बीचमा पुगेपछि डाक्टरहरूले उनलाई जगाए।

उनले भ्वाइलिन बजाउन थालिन्। मस्तिष्कबाट ट्युमर निकाल्ने शल्यक्रिया चलिरह्यो।

‘डग्मारको हातको चाल नियन्त्रण गर्ने मस्तिष्कका भागहरूमा क्षति नपुगोस् भनेर त्यसो गरिएको’ अस्पतालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

“डग्मारका लागि भ्वाइलिन कति महत्वपूर्ण थियो भन्ने हामी जान्दथ्यौं। त्यसैले उनको मस्तिष्कका ती भागहरू जोगाउन जरुरी थियो। हामीले उनलाई भ्वाइलिन बजाउन दियौं”, उनको शल्यक्रिया गर्ने न्युरोसर्जन प्राध्यापक केउमार्स अश्कनले बताए।

“उनको बाँया हातले पूर्णतः काम गरिरहँदा पनि हामीले उनको मस्तिष्कमा रहेको ट्युमरको ९० प्रतिशत जति निकाल्यौं”, उनले भने।

“भ्वाइलिन बजाउन सक्दिन कि भन्ने चिन्ताले पनि मलाई पीडा दिन्थ्यो तर प्राध्यापक अश्कन आफै पनि संगीतप्रेमी भएकाले उनले मेरो चिन्ता बुझे”, डग्मारले भनिन्, “त्यसैले उनी र उनको समूहले मैले भ्वाइलिन बजाइरहँदा शल्यक्रिया गर्ने योजना बनायो।”

– टाइम म्यागेजिनबाट, भिडिओ ‘इनसाइड एडिसन’बाट।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्