दमकमा ६४ अर्बको नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण हुने

काठमाडौं। प्रदेश १ स्थित झापाको दमकमा नेपाल-चीन मैत्री औद्योगिक पार्क परियोजना निर्माण हुने भएको छ।

परियोजना समझदारी पत्रमा नेपाल सरकार, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र विकासकर्ता कम्पनीको तर्फबाट दमक क्लिन इन्डष्ट्रियल पार्क प्रा.लि. का अध्यक्ष गोविन्द बहादुर थापााले हस्ताक्षर गरेका छन्।

१६ असोजमा भएको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवको समेत उपस्थिति थियो।

लगानी बोर्डको १७ साउन २०७६ मा बसेको ३९ औं बैठकले उक्त परियोजनाको लागि करिब ६४ अर्ब रूपैंयाको विदेशी लगानी स्वीकृत गरेको थियो।

बैठकले विस्तृत परियोजना प्रतिवेदन तयार गर्न दमक क्लिन इन्डष्ट्रियल प्रा.लि. लाई अनुमति दिने निर्णय गरेको थियो ।

सार्वजनिक निजी साझेदारीमा निर्माण गरिने यस परियोजनामा ल्हासा आर्थिक तथा प्राविधिक विकास क्षेत्रको जींग–पींग संयुक्त निर्माण कम्पनी (जेपीजेसीसीपीडी) को लगानी रहनेछ।

परियोजना अन्तर्गत अत्याधुनिक औद्योगिक पार्क निर्माण, सञ्चालन र व्यवस्थापनको लागि डीपीआर तयार भएपछि परियोजना विकास सम्झौता गरेर निर्माण कार्य थालिने छ।

नेपालको रोजगारी, आर्थिक एवं सामाजिक विकासमा यस औद्योगिक क्षेत्रको निर्माणले योगदान पुग्ने ल्हासा नगरपालिकाका उपमेयर लीउ गुआङ मीनले विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्