काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य बढेर कीर्तिमान कायम गरेको छ। प्रतितोला ५०० रूपैयाँले बढेको सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।
७ फागुनमा प्रतितोला ७७ हजार १०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० बढेर ७७ हजार ६०० पुगेको छ। योसँगै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ७७ हजार ३०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० रूपैयाँले बढेको हो।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले बढेर ९१५ रूपैयाँ कायम भएको हो। ७ फागुनमा चाँदीको मूल्य ९०५ रूपैयाँ प्रतितोला थियो।
विश्वमा चीनको वुहानबाट उत्पति भएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सुनको मूल्यले नयाँ रेर्कड बनाएको बताइएको छ।
" /> काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य बढेर कीर्तिमान कायम गरेको छ। प्रतितोला ५०० रूपैयाँले बढेको सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।७ फागुनमा प्रतितोला ७७ हजार १०० रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५०० बढेर ७७ हजार ६०० पुगेको छ। योसँगै सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको हो।

">