"> लेखा समिति सदस्यहरूको चरित्र हत्या गरेको भन्दै मिश्र र उपाध्यायलाई कारवाही गर्न निर्देशन: Dekhapadhi
लेखा समिति सदस्यहरूको चरित्र हत्या गरेको भन्दै मिश्र र उपाध्यायलाई कारवाही गर्न निर्देशन
काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले आफ्ना समदस्यहरूको चरित्र हत्या गरेको भन्दै दुई जनालाई कारवाही गर्न प्रहरीको साइबर क्राइम ब्यूरोलाई निर्देशन दिएको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा कमिसनका लागि मोलमोलाई गरेको विजयप्रकाश मिश्र र अर्का एक जना फेसबुक प्रयोगकर्ता प्रभातकिशोर उपाध्यायलाई छानबिन गरी कारवाही गर्न समितिले निर्देशन दिएको हो।

समिति सचिव डा. रोजनाथ पाण्डेले नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर उनीहरू दुवै जनालाई कारवाही गरी त्यसको प्रतिवेदन यथासक्य समितिमा पेश गर्न निर्देशन दिएका हुन्।

समितिमा छलफलका क्रममा रहेको सुरक्षण मुद्रण स्थापनासम्बन्धी विषयमा यी दुई जना व्यक्तिले भ्रामक समाचार सामाजिक सञ्जाल र अनलाइन मिडिायामा फैलाएको भन्दै उनीहरूलाई कारवाही गर्न माग निर्देशन दिएको हो।

समितिका सदस्यहरूको चरित्र हत्याको प्रयास गरेकाले उनीहरूलाई साइबर ल अनुसार कारवाही गर्न भनिएको छ।

एउटा स्वीस कम्पनीको नेपाली एजेन्ट भएर काम गर्दै आएका मिश्रले लेखा समितिले कमिसनको प्रभावमा परी गलत निर्णय गर्न लागेको एक अनलाइनसँग बताएका थिए।

त्यस्तै उपाध्यायले आफ्नो फेसबुकमा ‘७४ करोड होइन, चार अर्ब खाएर आज जर्मन कम्पनीलाई ठेक्क दिन थालेपछि स्वीस एजेन्टले क्लिप बाहिर ल्याएको रहेछ। चार अर्ब भाग परेको लेखा समितिका बाँस्कोटा लगायत अन्य माननियहरू...’ लेख्दै सार्वजनिक लेखा समिति सदस्यहरूको फोटो टाँस गरेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्