कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका दुई वर्ष उपलब्धिविहीन रहेको प्रतिपक्ष दल नेपाली कांग्रेसले दाबी गरेको छ।
आज नेपाली कांग्रेस संसदीय दलले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको दुई वर्षे कार्यकाल उपलव्धिविहीन रहेको बताएको हो।
कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले दुई वर्षको अवधिमा प्रदेश सरकारले जनताले अपेक्षा गरे अनुसार र प्रदेशको समृद्धितर्फ टेवा पुग्ने कुनैपनि काम गर्न नसकेको बताए।
उनले मन्त्रालय सञ्चालन गर्नु र औपचारिक कार्यक्रममा सहभागी हुने बाहेक अन्य ठोस काम हुन नसक्दा समग्र कार्यकाल अर्थहीन भएको आरोप लगाए।
“दुई वर्षको ५४ अर्ब ४२ लाख बराबरको तीन वटा बजेट ल्याएको प्रदेश सरकारले देखिने उपलब्धि दुई÷चारवटा पनि गरेको छैन”, रावलले भने, “प्रदेश सरकारको कार्यान्वयन पक्ष अराजक, आर्थिक अनियमितता वरिपरी नै देखिएको बताए।”
कांग्रेस संसदीय दलका नेता रावलले भने सरकारले प्रदेश सभामार्फत् ३१ वटा कानून बनाए पनि कार्यान्वयन गर्नतर्फ सरकार स्वयम् उदासिन बन्दै गएको आरोप लगाए। त्यस्तै नेता रावलले स्वरोजगार कोषमा एक अर्ब बजेट विनियोजन गरिएपनि एक जना बेरोजगार नागरिकलाई पनि रोजगार बनाउने हिसाबको काम नभएको आरोप लगाए।
रावलले भने, “सुशासन विधेयक संसदबाट २०७५ चैत १५ गते पास हुनु तर, प्रमाणिकरण नहुनुले सरकारको नियत भ्रष्टाचारलाई बढवा दिनमा सकृय रहेको प्रष्ट रूपमा देख्न सकिन्छ।”
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका दुई वर्ष उपलब्धिविहीन रहेको प्रतिपक्ष दल नेपाली कांग्रेसले दाबी गरेको छ।आज नेपाली कांग्रेस संसदीय दलले धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारको दुई वर्षे कार्यकाल उपलव्धिविहीन रहेको बताएको हो।

">