अमेरिकी सांसदलाई अर्थमन्त्री खतिवडाले भने- ‘ढुक्क हुनुस् एमसीसी पारित हुन्छ’
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन्।

संयुक्त राज्य अमेरिकी कंग्रेसका दुई सदस्यसँगको भेटमा अर्थमन्त्री खतिवडाले एमसीसी नेपाललाई चाहिने सहायता भएको बताए।

एमसीसी पास हुनेमा द्विविधा नरहेको बताउँदै अर्थमन्त्री खतिवडाले भने, “एमसीसी सहायता संसदबाटै पारित हुन्छ।”

भेटका क्रममा अर्थमन्त्रीले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो रहेको स्मरण गर्दै अमेरिकाले नेपालको विकासमा सहयोग गर्दै आएको बताए।

अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा सहयोग गर्दै आएको छ।

छलफलमा नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका सम्बन्धमा समेत छलफल भएको थियो।

अमेरिकी कंग्रेस सदस्यहरूले अर्थमन्त्री खतिवडासँग नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्रका विषयमा चासो राखेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्