प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ।
यसैगरी, ‘प्रज्ञा गतिविधि’, बहुभाषिक अर्धवार्षिक ‘सयपत्री’, भाषाभाषीगत वार्षिक जर्नलतर्फ नेपाल भाषाको ‘थायमु’, मैथिली भाषाको ‘आँङन’, लिम्बू भाषाको ‘फक्ताङलुङ’, भोजपुरी भाषाको ‘महुआ’ र अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ प्रकाशित हुँदै आएको छ।
प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले ‘प्रज्ञा’लाई विज्ञसमीक्षित अर्धवार्षिक जर्नलका रूपमा परिमार्जन गरी प्रकाशन गरिएको र ‘प्रज्ञा गतिविधि’लाई स्तरीय तुल्याएको बताए।
विगतमा वितरणका लागि साझा प्रकाशनसँग सम्भौता भए पनि बिक्री वितरण चुस्त नभए पनि नयाँ बोलपत्र गरिएको हो। प्रतिष्ठानले यो वर्षमात्रै ५० भन्दा बढी कृतिको पनि प्रकाशन गरेको छ।
उपाध्यायले प्रतिष्ठानका प्रकाशन र पत्रिकाको बिक्रीका लागि बोलपत्र आह्वान गर्दासमेत तोकिएको समयमा कुनै पनि कम्पनीले प्रस्ताव नदिएकाले यसबारे दशैँपछि नयाँ ढङ्गले सोचिने बतए। रासस
" /> प्रतिष्ठानले विगतदेखि प्रकाशन भइरहेको र केही नयाँसहित गद्यप्रधान त्रैमासिक ‘समकालीन’, विज्ञसमीक्षित अर्धवार्षिक जर्नल ‘प्रज्ञा’, अनुसन्धानमूलक अर्धवार्षिक अङ्ग्रेजी जर्नल ‘जर्नल अफ नेप्लिज स्टडिज’, कविताप्रधान त्रैमासिक ‘कविता’, समाचारप्रधान त्रैमासिकको नियमित प्रकाशन गरिरहेको छ।यसैगरी, ‘प्रज्ञा गतिविधि’, बहुभाषिक अर्धवार्षिक ‘सयपत्री’, भाषाभाषीगत वार्षिक जर्नलतर्फ नेपाल भाषाको ‘थायमु’, मैथिली भाषाको ‘आँङन’, लिम्बू भाषाको ‘फक्ताङलुङ’, भोजपुरी भाषाको ‘महुआ’ र अर्धवार्षिक बालपत्रिका ‘बालप्रज्ञा’ प्रकाशित हुँदै आएको छ।

">