स्वास्थ्यका कर्मचारी हेरफेर
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारीको हेरफेर गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले ८ फागुनमा मन्त्रीस्तरीय निर्णय गर्दै सरुवा तथा पदस्थापना गरेका हुन्।

अन्नपूर्ण पोष्टका अनुसार स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई निय्क्त गरेका छन्।

यसअघि उनले मन्त्रालयको समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। उनी १२ औं तहको बढुवा सूचीमा छन्।

विभागका निमित्त महानिर्देशक डा. रोशन पोखरेलको मन्त्रालयमा सरुवा गरिएको छ।

मन्त्रालयको समन्वय महाशाखा प्रमुखमा डा. विकास देवकोटालाई सरुवा गरिएको छ। नीति योजना तथा अनुगमन महाशाखामा डा. गुणराज लोहनीमा ल्याइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा सरुवा गरिएको छ।

शुक्रराज अस्पतालमा राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक रहेका डा. सागरराज भण्डारीलाई ल्याइएको छ।

इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. विवेककुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा सरुवा गरिएको छ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. रमेश खरेलको सरुवा गरिएको छ।

राष्ट्रिय तालिम केन्द्रका मोहमद दाउदलाई किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा सरुवा गरिएको छ।

कान्ति बाल अस्पतालका र्दिेशक डा. आरपी बिच्छाको पनि सरुवा भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्