काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।
८ फागुन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा अमेरिकी सांसदहरूले एमसीसीको सन्दर्भमा नेपाल सरकारले गरिरहेको पहलको प्रशंसा गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले देखापढीलाई बताए।
"तपाईँहरूले गरिरहनुभएको प्रयास, त्यो राम्रो कुरा छ। यसमा थप सोच्नुपर्ने आवश्यक छैन। एमसीसी अगाडि बढाएको खण्डमा अमेरिकी लगानी र अमेरिकासँगको व्यापार बढाउन बलियो आधार खडा गर्छ", अमेरिकी सांसदले प्रधानमन्त्रीसँग व्यक्त गरेको कुराकानी उद्धृत गर्दै भट्टराईले भने।
प्रधानमन्त्री ओलीले नेपाल-अमेरिकाबीचको सम्बन्ध पुरानो र ऐतिहासिक भएको बताउँदै नेपालको विकासमा अमेरिकाले गरिरहेको सहयोगको निरन्तरतामा आफ्नो पूर्ण विश्वास जनाएका छन्।
अमेरिकाले नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ।
अमेरिकी सांसदहरूले हिजै अर्थमन्त्री युवराज खतिवडासँग भेट गरेका थिए।
भेटमा अर्थमन्त्री खतिवडाले एमसीसी पास हुनेमा द्विविधा नरहेको आश्वस्त पारेका थिए।
" /> काठमाडौं। नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकी कंग्रेसका सदस्यहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्।८ फागुन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँगको भेटवार्तामा अमेरिकी सांसदहरूले एमसीसीको सन्दर्भमा नेपाल सरकारले गरिरहेको पहलको प्रशंसा गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले देखापढीलाई बताए।

">