काठमाडाैं। नेपालमा सुरक्षित सडक निर्माणको लागि आगामी एक दशकमा करीब एक खर्ब रूपैयाँ (८७९ लाख अमेरिकी डलर) लगानी गर्नुपर्ने विश्व बैंकले बताएको छ। नेपालमा सुरक्षित सडक निर्माण हुन नसक्दा हरेक वर्ष अत्याशलाग्दो संख्यामा यात्रुहरूले ज्यान गुमाउने गरेको विश्व बैंकले सार्वजननिक गरेको रिपोर्टमा उल्लेख छ।
विश्व बैंकले स्वीडेनकाे स्टक हाेममा आयोजना गरेको सडक तथा यातायात मन्त्रीहरू सम्मिलित विश्वस्तरीय तेस्रो कन्फ्रेन्समा प्रस्तुत गरिएको ‘रोड सेफ्टिी इन साउथ एसियाः अपरच्युनिटिज् फर शेयर्ड रिजनल इनिसियटिभ्स’ प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालमा सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।
नेपालमा सडकको विकासमा व्यवस्थित र दीर्घकालिन योजना सहित लगानी हुन नसक्दा सुरक्षित सडक पूर्वाधार बन्न नसकेको र दुर्घटनामा धेरैको ज्यान जाने गरेको उक्त रिपोर्टमा उल्लेख छ। सन् २०१७/१८ मा नेपालमा प्रति एक लाख जनसंख्यामा ८.५९ प्रतिशतले सडक दुर्घटनामा ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४० प्रतिशत मानिस २६ वर्ष मुनिका रहेका छन्। कूल दुर्घटनामध्ये ६० प्रतिशत सवारी चालकको गल्तीले हुने गरेको प्रतिवेदनमा उल्लेख छ।
दक्षिण एसियामा भइरहेको तीब्र आर्थिक वृद्धिका कारण सवारी साधनमा लगानी बढेको र त्यसअनुसारको पूर्वाधार तयार हुन नसक्दा दुर्घटनामा मृत्यु हुनेको संख्या निरन्तर बढिरहेको विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टवीङ सेफरले बताए।
उनले भने, “दक्षिण एसियामा सडक सुरक्षा संकट अस्वीकार्य तर, रोकथाम गर्न सकिने खालको छ। तर, खुशीको कुरा के छ भने दक्षिण एसियाली देशहरुले आफ्ना जनताको जीवन सुरक्षा र सुरक्षित यात्राको लागि तत्काल सुधारका काम गर्नुपर्ने महसुस गरेका छन्। उनीहरुको प्रयासलाई सहयोग गर्न विश्व बैंक सदैव तयार छ।”
नेपाल, भारत र बङ्गलादेशमा प्रतिकिलोमिटर सडकमा दुर्घटना ज्यान गुमाउने दर ०.८७ रहेको र यो संख्या अत्याशलाग्दो भएको प्रतिवेदनमा उल्लेख छ।
" /> काठमाडाैं। नेपालमा सुरक्षित सडक निर्माणको लागि आगामी एक दशकमा करीब एक खर्ब रूपैयाँ (८७९ लाख अमेरिकी डलर) लगानी गर्नुपर्ने विश्व बैंकले बताएको छ। नेपालमा सुरक्षित सडक निर्माण हुन नसक्दा हरेक वर्ष अत्याशलाग्दो संख्यामा यात्रुहरूले ज्यान गुमाउने गरेको विश्व बैंकले सार्वजननिक गरेको रिपोर्टमा उल्लेख छ।विश्व बैंकले स्वीडेनकाे स्टक हाेममा आयोजना गरेको सडक तथा यातायात मन्त्रीहरू सम्मिलित विश्वस्तरीय तेस्रो कन्फ्रेन्समा प्रस्तुत गरिएको ‘रोड सेफ्टिी इन साउथ एसियाः अपरच्युनिटिज् फर शेयर्ड रिजनल इनिसियटिभ्स’ प्रतिवेदनमा भुटान, बङ्गलादेश, भारत र नेपालमा सडक सुरक्षाको अवस्था चिन्ताजनक रहेको उल्लेख गरिएको छ।

">