एक लाख २५ हजार पाउण्ड आधार मूल्य कायम भएका खेलाडी ८ जना मात्रै छन् । जसमा वेष्ट इन्डिजका क्रिस गेल, अष्ट्रेलियाका डेविड वार्नर, स्टिभ स्मिथ, मिचेल स्टार्क छन् । त्यस्तै श्रीलङ्काका लसिथ मालिंगा, दक्षिण अफ्रिकाका क्विन्टन डि कक, लुङ्गी एनगिदी र कागिसो रबाडा छन् ।
प्रतियोगितामा प्रतिष्पर्धा गर्ने टीमले सन्दीपलाई भित्र्याएमा उनी अहिलेसम्मकै कीर्तिमानी मूल्यमा विदेशी लिग खेल्ने नेपाली खेलाडी हुनेछन् ।

सन्दीप परे बेलायतको द हन्ड्रेड बल क्रिकेटमा, आधार मूल्य एक करोड ४० लाख : Dekhapadhi
सन्दीप परे बेलायतको द हन्ड्रेड बल क्रिकेटमा, आधार मूल्य एक करोड ४० लाख

नेपाली क्रिकेटर सन्दीप लामिछाने इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड बल क्रिकेट प्रतियोगिताका लागि विदेशी खेलाडीतर्फको सूचीमा समेटिएका छन् ।

सो प्रतियोगिताका लागि अक्सनको सूचीमा पर्ने सन्दीप एक्ला नेपाली खेलाडी हुन् । उनको आधार मूल्य एक लाख पाउण्ड तोकिएको छ । आजको विदेशी मुद्रा विनिमय दरअनुसार यो रकम एक करोड ३९ लाख ८० हजार रूपैयाँ हुन्छ ।

प्रतियोगिताका लागि २५ जना विदेशी खेलाडी प्रारम्भिक सूचीमा परेका छन् । सन्दीप बराबरको आधार मूल्य कायम भएका क्रिकेटरहरू १७ जना छन् । जसमा अष्ट्रेलियाका ग्लेन म्याक्सवेल, आरोन फिन्च, क्रिस लायन र शेन वाट्सन छन् । त्यस्तै वेष्ट इन्डिजका आन्द्रे रसेल, सुनिल नरायण, ड्वायन ब्राभो र किरण पोलार्ड छन् ।

त्यसैगरी न्यूजिल्याण्डका केन विलियम्सन र ट्रेन्ट बोल्ट, दक्षिण अफ्रिकी कप्तान फाफ डु प्लेसिस, पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी, भारतका हरभजन सिंह, बांग्लादेशका सकिव अल हसन र अफगानिस्तानका रसिद खान पनि सोही सूचीमा छन् ।