विद्युत् गृह मर्मतका लागि कालीगण्डकी आयोजना बन्द
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी ए जलविद्युत केन्द्र मर्मतका लागि तीन दिन २० घण्टा बन्द हुने भएको छ।

विद्युत् गृहको पहिलो युनिटको मुख्य इनलेट भल्भबाट पानी चुहिएपछि ८ फागुन राति १० बजेबाट विद्युत् उत्पादन बन्द गरी मर्मत शुरू गरिएको हो।

दैनिक औसत ५८ मेगावाट विद्युत् उत्पादन गरिरहेको अर्धजलाशययुक्त विद्युत् केन्द्र मर्मतका लागि १२ फागुन साँझ पाँच बजेसम्म बन्द रहने छ।

स्याङ्जाको मिर्मीमा रहेको विद्युत् गृहमा ४८/४८ मेगावाटका तीन युनिट छन्। एउटा युनिट मर्मत गर्न अरू पनि बन्द गर्नुपर्ने भएकाले केन्द्रबाट विद्युत् उत्पादन बन्द भएको हो। केन्द्रबाट उत्पादित विद्युत् पोखरा र बुटवलतर्फ प्रवाह गरिन्छ।

मुलुककै ठूलो विद्युत् गृहबाट विद्युत् उत्पादन बन्द भएपछि पश्चिम भेगका औद्योगिक ग्राहकको साँझ ‘पिक आवर’मा विद्युत् आपूर्ति कटौती हुन सक्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

कार्यकारी निर्देशक घिसिङले विद्युत् आपूर्तिलाई प्रभावित हुन नदिन आज र भोलि, १० फागुनको विदालाई ध्यान दिएर मर्मत शुरू गरिएको बताए। “विदाको दिन विद्युत्को माग (लोड) कम हुने भएकाले विदाको दिन पारेर मर्मत गर्दैछौं, खोला तथा नदीमा पानीको बहाव बढेकाले अन्य विद्युत् गृहबाट पनि विद्युत् उत्पादन केही बढेको छ, आमउपभोक्तालाई विद्युत् आपूर्तिमा समस्या नहुने गरी आवश्यक बन्दोवस्ती गरेका छौं”, उनले भने, “तर, बुटवल, भैरहवा क्षेत्रका औद्योगिक ग्राहकको पिकको समयमा विद्युत् कटौती हुनसक्छ।”

८ फागुन राति ११ बजेबाट सुरुङमा रहेको पानी खाली गराउन शुरू गरिएको र यो काम आज राति १० बजेसम्ममा सकिने विद्युत गृहका प्रमुख पशुपतिराज गौतमले बताए।

“त्यसपछि मर्मत शुरू हुन्छ र १२ गते साँझ ५ बजेभित्रमा विद्युत् उत्पादन शुरू गर्ने लक्ष्यका साथ २४सै घण्टा काम गरिरहेका छौैं”, गौतमले भने। मर्मतमा ३७ जना प्राविधिक खटिएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्