१५ किलो नक्कली चाँदीसहित सुन व्यवसायी पक्राउ
काठमाडौं। काठमाडौंको धुम्बाराहीबाट १५ किलो नक्कली चाँदीसहित एक सुन व्यवसायी पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत, महाराजगञ्जको टोलीले १६ असोज राति ललितपुर महालक्ष्मी नगरपालिका–११ इमाडोलस्थित तिलहरी ज्वेलर्सका सञ्चालक ३३ वर्षीय राज सापकोटालाई पक्राउ गरेको हो।

महाराजगञ्जका प्रहरी प्रमुख डीएसपी उमेश लम्सालले रातिको समयमा नक्कली चाँदी विक्रीको प्रयास गर्दै गर्दा पीडितहरुको उजुरीकाे आधारमा सापकोटालाई पक्राउ गरिएको बताए।

“पित्तल, फलाम, कपर लगायत मिसावट गरी बाहिर चाँदीको लेपन गरिएको रहेछ”, लम्सालले भने।

आफ्नै ज्वेलर्समा तयार गरेर साढे १० लाख बराबर बजार मुल्यको चाँदी ठगी गर्न खोजेको उनले बताएका छन्।

सापकोटालाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्