मेगा प्रोजेक्टमा चिनियाँ सीप र प्रविधिः दक्ष बन्दै नेपाली कामदार
काठमाडौं। सरकारले ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको प्रमुख आधार मानेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यसहित काम शुरू गरेको छ । ती लक्ष्य पूरा गर्न स्वदेशी तथा विदेशी सीपलाई भरपुर उपयोग गर्ने लक्ष्य राखेको छ ।

आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोचसहित आन्तरिक लगानीलाई प्रेरित गर्दै बाह्य लगानीलाई आकर्षित गर्ने नीति सरकारले लिएको देखिन्छ ।

वैदेशिक लगानी भित्र्याउन कानूनी तथा नीतिगत सुधारको थालनी पनि भएको छ । विभिन्न देशका प्रविधि तथा उनीहरूले गरेका सफल अभ्यासलाई भित्र्याउने काम पनि शुरू भएको छ ।

त्यही क्रममा जलविद्युत् क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि भित्रिएको छ । निर्माणाधीन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा चिनियाँ निर्माण व्यवसायी र प्रविधिको प्रयोग भएको छ ।

४५६ मेगावाट क्षमताको उक्त आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ । आयोजना निर्माणमा संलग्न नेपाली प्राविधिकले चिनियाँ सीप र प्रविधि सिक्न पाएका छन् । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ ठेक्का प्रक्रियामा छानिएर आएका भए पनि विदेशी कम्पनीको काम गर्ने शैली र उनीहरूले ल्याउने प्रविधिबाट नेपाललाई ठूलो फाइदा भएको बताउँछन् ।

माथिल्लो तामाकोशीमा कार्यरत चिनियाँ कामदारको कामप्रतिको लगाव तथा कामलाई नै सम्मान गर्ने संस्कार अनुकरणीय रहेको उनको भनाइ छ । सुरुङ निर्माण तथा ठूला आयोजनामा काम गर्ने सीप नेपाली कामदारले चिनियाँ कामदारबाट सिकेको र आउँदा दिनमा अन्य ठूला आयोजना निर्माण गर्दा त्यसको उपयोग हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ बताउँछन् ।

आयोजनामा सिनो हाइड्रोका २०० जना दक्ष चिनियाँ कामदारसँग ८०० बढी नेपालीले सँगै काम गरे । ठूला भौतिक पूर्वाधार निर्माणमा संसारभर कहलिएको चिनियाँ कम्पनीको काम गर्ने शैलीले नेपालको ऊर्जा क्षेत्रलाई सहयोग पु¥याएको श्रेष्ठको भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनी मातहत निर्माण भइरहेका मझौला आयोजनामा पनि चिनियाँ निर्माण व्यवसायी संलग्न छन् । चिलिमे मातहत हाल रसुवागढी, साञ्जेन, माथिल्लो भोटेकोशी जस्ता आयोजना निर्माण भइरहेका छन् । रसुवागढी र साञ्जेन निर्माणको अन्तिम चरणमा छन् ।

१११ मेगावाटको रसुवागढी जलविद्यु्त आयोजनामा सिभिल तथा हाइड्रो मेकानिकल ठेकेदार चाइना इन्टरनेसनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लुई) छ । चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद कोइराला विदेशी कम्पनीको आयोजना व्यवस्थापन, परिचालन तथा काम गर्ने शैलीबाट सिकेर नेपाली आफंैले ठूला आयोजना निर्माण गर्न सक्छन् भन्ने आत्मविश्वास बढेको बताउँछन् ।

सिनो हाइड्रोले हालै राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी काम पूरा गर्ने जिम्मेवारी पाएको छ । एक वर्षभित्र मेलम्चीको बाँकी किाम सम्पन्न गर्ने लक्ष्य राखेको छ । सोही कम्पनीले तनहुँ जलविद्युत् आयोजनाको भौतिक निर्माण र बाँधको काम गर्ने जिम्मा पाएको छ ।

प्रविधिको क्षेत्रमा टनेल बोरिङ मेसिन (टिबिएम) को प्रयोग अर्को महत्वपूर्ण फड्को मानिएको छ । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा टिबिएमको प्रयोग गरिएको छ ।

आर्थिक वर्ष २०६८÷६९ देखि भेरी–बबई डाइभर्सन आयोजनामा टिबिएम प्रयोग गर्ने चर्चा भए पनि २०७५ मा आएर मात्रै यसको सफल प्रयोग भयो । कूल १२.२१ किलोमिटर लामो सुरुङमार्ग निर्माण गत चैत अन्तिम साता सम्पन्न भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वैशाखमा सो सुरुङमार्ग निर्माण सम्पन्न भएको घोषणा गरेका थिए ।

‘ड्रिलिङ एण्ड ब्लास्ट’ प्रणालीबाट मात्रै सुरुङ खन्ने गरिएकोमा टिबिएमको प्रयोग नेपालका लागि नौलो प्रविधि थियो । डेढ वर्षमा नै सुरुङ निर्माण सम्पन्न भएपछि अन्य आयोजनामा समेत टिबिएमको प्रयोग गर्नेबारेमा प्रक्रिया अगाडि बढाइएको छ । सुरुङ निर्माणको काम चाइना ओभरसिज इञ्जिनीयरिङ गु्रप (कोभेक) ले गरेको थियो ।

प्राधिरकणले निर्माण गरिरहेका अधिकाशं प्रसारणलाइन तथा जलविद्युत् आयोजनामा चिनियाँ प्रविधिको प्रयोग भइरहेको छ ।

रमेश लम्साल ÷रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्