सुजाता कोइरालाले भनिन्- ‘सभापतिकाे उम्मेद्‍वार बन्‍ने तयारीमा जुटेकी छु’
काठमाडौं। नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने उद्घोष गरेकी छन्।
देखापढीसँग आज कुरा गर्दै नेतृ कोइरालाले आगामी १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएकी हुन्।
उम्मेदवारीबारे नेताहरू शशांक कोइराला र शेखर कोइरालासँग छलफलमा रहेको उनको भनाइ छ।
“म नेतृत्व गर्न सक्षम छु, त्यसैले सभापतिको तयारीमा जुटेकी छु”, उनले भनिन्, “पार्टी सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल लम्ब्याउने खेलमा लाग्नुभएको छ, हामी पार्टी विधानअनुसार समयमै अधिवेशन होस् भन्ने तयारीका साथ अघि बढेका छौं।”
पार्टी सभापति देउवा एकलौटी ढंगले अघि बढेका कारण गुट मौलाएको नेतृ कोइरालाको आरोप छ।
“प्रचण्डजी डराउनु हुन्छ, असुरक्षित महसूस गर्नुहुन्छ अनि आत्तिएर के बोल्दैछु भन्ने थाहा पाउनु हुन्न”, उनले भनिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्