काठमाडाैं। महाशिवरात्रिका दिन आज पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजाअर्चना गरेका छन्। बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेकाे पशुपति क्षेत्र विकास कोषले बताएको छ।
आज रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले भगवान पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको कोषका कर्मचारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।
शिवरात्रिका दिन वर्षा हुनुलाई शुभ मानिन्छ र अपराह्नदेखिको झरीको कुनै परवाह नगरी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेकाे र करीब सात हजार तीर्थयात्री, भक्तजनलाई ओत लाग्ने व्यवस्था गरिएको उनी बताउँछन्।
साधु, सन्त, महन्त, नाँगा बाबालगायतले धुनी जगाएर जाडो भगाएका र उनीहरूलाई पनि मन्दिर परिसर, राममन्दिर, भष्मेश्वरसहित क्षेत्रमा त्रिपालको व्यवस्था गरिएको छ। रासस
" /> काठमाडाैं। महाशिवरात्रिका दिन आज पशुपतिनाथको सात लाखभन्दा बढीले दर्शन एवं पूजाअर्चना गरेका छन्। बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर देवाधिदेव महादेवको जलधारासहित अखण्ड पूजन भइरहेकाे पशुपति क्षेत्र विकास कोषले बताएको छ।आज रातभर शिवपूजन, भजन र रुद्राभिषेकसँगै पशुपतिनाथका चारै प्रहर चारवटै द्वार खोलेर दर्शनको व्यवस्था मिलाइएकाले १० लाख भक्तजनले भगवान पशुपतिनाथको दर्शन गर्ने अपेक्षा गरिएको कोषका कर्मचारी गौरीशङ्कर पराजुलीले जानकारी दिए।

">