काठमाडौं। सीए पढ्न भारत गएका दिवश दाहाल र प्रज्ज्वल थापा नेपालमा ‘लजिस्टिक’ कम्पनी चलाउन सकिने कन्सेप्ट लिएर फर्किए। उनीहरूसँग योजना र सोंच थियो। त्यो सोंचलाई उद्यमको रूप दिन चाहिन्थ्यो, व्यवस्थापनको गहिरो ज्ञान। तर, उनीहरू आफैं व्यवस्थापनमा दक्ष थिएनन्। व्यवस्थापन नै पढेकी उनीहरूकी साथी थिइन्, रोयक्क्षा केसी।

मलेसियन एअरलाइन्स कम्पनी ‘एअर एशिया’मा ‘सिनिअर एक्ज्युकेटिभ’को जिम्मेवारी सम्हालिरहेकी उनलाई अरू विदेशी कम्पनीले कामका लागि अफर गरिरहेका थिए। एअर एशियामा पनि सन्तोषजनक सेवा सुविधा थियो। तर, उनको मन जागिरमा रम्न सकिरहेको थिएन। जागिरमा दिइरहेको समय आफ्नै कम्पनीलाई दिने हो भने व्यवसायीकै रूपमा स्थापित हुन सकिन्छ भन्ने आत्मविश्वास थियो।

त्यहीबेला अध्ययन सकेर भारतबाट फर्केका ती दुई साथीले उनलाई आफ्ना योजना सुनाए। सहकार्यको प्रस्ताव पनि गरे। प्रस्ताव थियो, कुरिअर कम्पनी खोल्ने।

“नेपालमा कुरिअर कम्पनी त छन् तर, प्रविधिमैत्री छैनन्। कुरिअर कम्पनीभन्दा छिटो तथा सजिलो गरी सामग्री ओसारपोसार गर्ने विकल्प पनि छैनन्”, दुई मित्रले व्याख्या गरे।

एक ठाउँबाट अर्को ठाउँमा पठाउनुपर्ने सामान घरैमा गएर लिने र भनेको ठाउँमा पठाइदिने, कुनै पसलमा कसैले अनलाइनमार्फत् अर्डर गरेको सामान ग्राहकको घरसम्म पुर्‍याइदिने गरी कम्पनी चलाउने दिवस र प्रज्ज्वलको सोंच थियो।

रोयक्क्षालाई पनि दुई साथीको अवधारणा चित्त बुझ्यो। तर, खाइरहेको सुविधायुक्त जागिर चटक्क छाडेर व्यवसाय गर्छु भन्दा घरबाट अनुमति पाउन त्यति सजिलो थिएन।

सानै हुँदा बुबाको निधन भइसकेकाले आमाको मात्रै स्याहारमा हुर्केकी थिइन रोयक्क्षा। उनीहरूको खानदानमै व्यवसायको अनुभव कसैलाई थिएन। सरकारी सेवामा रहेकी आमाको सोंच भने छोरी पनि निजामति सेवामा प्रवेश गरोस् नभए बैंकिङ क्षेत्रमा जाओस् भन्ने थियो।

त्यसो त एसएलसी पास गरेदेखि नै पकेट खर्चको लागि आमासँग पैसा मागेकी थिइनन् उनले। काठमाडौंमै जन्मे हुर्केकी उनलाई दैनिक खर्च जुटाउन जागिरै खानुपर्ने अवस्था भने थिएन। तर, पनि कामप्रतिको रूची र लगाबले जागिरमा जोडिन पुगिन उनी। प्लस–टू पढ्दा नै एउटा ल फर्ममा रिसेप्सनिष्टको जागिर शुरू गरेकी थिइन् उनले। पछि त्यही मानव संसाधन व्यवस्थापक (एचआर म्यानेजर) भइन्। केही वर्ष काम गरेपछि एयर एसिया गएकी थिइन् उनी।

तर, रोयक्क्षालाई भने कुर्सीमा बसेर गर्ने काम ‘दिक्कलाग्दो’ लाग्थ्यो।

व्यवस्थापनकी विद्यार्थी भएकाले पनि होला, जागिर भन्दा व्यवसाय नै ठीक भन्ने उनको अन्तिम निष्कर्ष थियो।

दिवस र प्रज्ज्वलको योजना सुनेपछि एअरलाइन्सको जागिर छाड्ने निधो गरिन् र आमालाई आफ्नो निर्णय सुनाइन्। उनको पूर्वअनुमान अनुसार नै आमाबाट सहमति पाइनन्। छदाँखादाको जागिर छाड्ने कुरा आमालाई चित्त बुझेन। आमालाई चित्त बुझाउन निकै मेहनत गर्नुपर्‍यो उनले। केही सीप नलागेपछि उनले आमासँग एक वर्षको समय मागिन्।

‘एक वर्ष प्रयास गरेर हेर्छु, भएन भने तपाईंले जे भन्नुहुन्छ त्यही गर्छु’, आमासँग वचन बाँधिन् उनले।

“एउटै काममा भन्दा मल्टिपल वर्क्समा रमाउने मेरो स्वभाव छ”, उनी भन्छिन्, “जागिर गर्दा कतिपय आफूलाई ठीक नलागेका काम पनि अफिसका लागि गर्दिनुपर्छ। यसो गर्दा राम्रो हुन्छ भन्ने आफ्नो योजना भए पनि त्यसअनुसार काम गर्न पाइदैन। त्यसले पनि मलाई व्यवसायतर्फ आकर्षित गरेको हो।”

तीन जनाले पाँच–पाँच लाख रूपैयाँ लगानी गर्दा कम्पनी चल्छ भन्ने हिसाब निकाले। रोयक्क्षाले जागिरका क्रममा केही पैसा जोगाएकी रहिछन्। त्यहीँ पैसाले नयाँ कम्पनी आँट्न सकिन् उनले। अरु दुई साथीले पनि आफ्नै बचतको पैसा लगानी गरे।

उनीहरूको सोंच अनुसारको कम्पनी चलाउन दुई वर्ष अगाडि अनामनगरमा दुई वटा कोठा भाडामा लिए। वकीलहरूको सहकार्यमा कम्पनी दर्ता गरे- फास्ट मुभर्स लजिस्टिक प्रालि। तत्कालै दुई जना कर्मचारी पनि नियुक्त गरे। पाँच जनाको टीम तयार भयो। त्यसबेलासम्म उनीहरूले कम्पनीको फेसबुक पेज बनाइसकेका थिए। केही अनलाइन सपिङ कम्पनीहरूमा आफ्नो कामको प्रकृति पनि बताउन भ्याएका थिए उनीहरूले।

कम्पनी खोलेको केही दिनमै एक्जोटिक अनलाइनबाट अर्डर आयो ३० वटा कि-रिङ डेलिभर गरिदिनुपर्ने। उनी स्मृतिलाई ताजा गराउँछिन्, “ती सामान पुर्‍याउन हामी आफैं बजार दौडिएका थियौं। आज पनि त्यो दिन तीनै जनाले सम्झिन्छौं।”

कम्पनीको आन्तरिक व्यवस्थापनमा रोयक्क्षाको राम्रो दख्खल थियो। कम्पनीको म्यानेजिङ डाइरेक्टरको जिम्मेवारी पाइन् उनले। बजार व्यवस्थापनमा दिवेश र प्रज्ज्वल खटिए। सुक्खा फाँटहरूले पानी भेटेपछि छपक्क हरियाली छाएजस्तो बजारभरी दौडिन थाल्यो फास्ट मुभर्स लजिस्टिक।

बगेकै पानीले त हो नयाँ ठाउँ भेट्दै सिञ्चित गर्दै जाने। केही महीनाको खटनपछि अनामनगरको दुई कोठा उनीहरूका लागि साँघुरो हुन थाल्यो। त्यसपछि नयाँ बानेश्वरको थापागाउँमा पाँच कोठाको फ्ल्याट भाडा लिए उनीहरूले। टीम पनि १५ जनाको भयो। नाम जस्तै फटाफट मुभ हुन थाल्यो कम्पनी।

अन्त कहीँबाट ल्याएको एकदमै नयाँ सोंचले मात्रै पनि कम्पनी सफल हुने होइन। व्यवहारमा बजारमा नियमित भइरहेको कामलाई नयाँ ढंगले हेर्ने र सोच्ने वित्तिकै उत्कृष्ट नतिजा आइहाल्छ। फास्ट मुभर्सले पनि त्यहीँ गरेको हो।

“शुरूका दिनमा सबै अर्डर कपीमा लेखेरै व्यवस्थापन गर्थ्यो। विस्तारै सिस्टम बनायौं। अहिले त कुन सामान कति बेला कहाँ पुग्यो भन्ने अनलाइनमै हेर्न मिल्छ”, रोयक्क्षाले फास्ट मुभर्सको तीव्र प्रगति सुनाइन्।

थापागाउँमा नौ महीना बसेपछि त्यहाँको पाँच कोठाले पनि पुगेन। काठमाडौंमा दौडिरहेको कम्पनी अब नेपालभर पुग्न थाल्यो। पार्किङ अभाव भयो। सामान राख्ने कोठा भएन। कोही ग्राहक वा अतिथि आउँदा स्वागत गर्ने र राख्ने ठाउँ भएन। उनीहरूले शान्तिनगरको खरिबोटमा एउटा घर भाडामा लिए। अहिले त्यही घरको तेस्रो तल्लामा रहेको म्यानेजिङ डाइरेक्टरको कार्यालयबाट रोयक्क्षाले देशभर दौडाइरहेकी छिन् फास्ट मुभर्स लजिस्टिक। अहिले उनलाई देशभरबाट ८५ जनाको टीमले सहयोग गरिरहेको छ। काठमाडौं बाहिर नै २५ वटा शाखा विस्तार भइसकेको छ।

फास्ट मुभर्स लजिस्टिकले आफ्ना ग्राहकलाई विशेष गरी तीन वर्गमा छुट्टयाएको छ- व्यक्तिगत, कर्पोरेट र अनलाइन सपिङ। कुनै पनि सामान डेलिभर गर्दा प्रतिकेजी ६० रूपैयाँ र अरु जति किलोग्राम थप हुन्छ त्यसको चालिस रूपैयाँ चार्ज लिने गरेको उनले बताइन्। काठमाडौं उपत्यकाभित्र सकेसम्म एकै दिनमा सामान पुर्‍याइसक्ने उनले बताइन्। काठमाडौं बाहिर भने जहाज पुग्ने ठाउँमा जहाजबाट र अन्यत्र सार्वजनिक सवारीमार्फत् नै सामग्री पुर्‍याइने गरेको उनले बताइन्।

“हामीले अहिलेसम्म सामान डेलिभरीका लागि आउटसोर्सिङ गरेका छैनौं। सबै ठाउँमा कम्पनीकै स्टाफले सामान पुर्‍याउँछन्”, उनले भनिन्।

रोयक्क्षाले व्यावसायिक रूपमा कम्पनीलाई जति सक्षम बनाएकी छन्, प्राविधिक रूपमा पनि उत्तिकै सबल बनाइरहेकी छन्। अहिले कम्पनीले क्यूआर कोड सिस्टम अपनाएको छ। क्यूआर कोडमार्फत् नै ग्राहकको विवरण सामग्री डेलिभरीको अवस्थामा जानकारी लिन सकिन्छ। अहिले एकै दिनमा कम्तिमा पनि एक हजारदेखि १५ सय सामान डिस्प्याच हुने गरेको छ। कतिपयले फास्ट मुभर्स लजिस्टिककै अफिसमै पनि सामान ल्याएर दिन्छन्। सामान लिन बोलाउँदा पनि कम्पनीका प्रतिनिधि सामान लिन पुग्छन्।

“फास्ट मुभर्स लजिस्टिकको काम नै मानिसको दैनिकी सजिलो बनाउनु हो। अनलाइनबाट सामान किन्ने र घरमै बसेर प्राप्त गर्ने सुविधा दिने हाम्रो उद्देश्य हो”, उनले भनिन्, “कर्पोरेट अफिसको सामान देशभर पुर्‍याउन सहयोग गरेका छौं। उहाँहरूको काम पनि छिटो भएको छ।”

फास्ट मुभर्स लजिस्टिकले ग्राहकको सजिलोको लागि आफ्नै वेबसाइट बनाएको छ। त्यसबाहेक, सोसल मिडियाको सबै एप्लिकेसनमा फास्ट मुभर्स लजिस्टिक उपलब्ध छ। २५ भन्दा बढी कर्पोरेट अफिसले फास्ट मुभर्स लजिस्टिकको नियमित सेवा लिन्छन्। फास्ट मुभर्स लजिस्टिकले क्रमशः आफूलाई स्टार्ट अपबाट स्थापित कम्पनीमा रूपान्तरण गरिरहेको छ।

रोयक्क्षाले अहिले एउटै विषयमा ध्यान दिइरहेकी छन्- कम्पनीलाई पूर्ण रूपमा लजिस्टिक सेवा दिन सक्ने बनाउने। अझ प्रभावकारी रूपमा देशभर उपस्थिति देखाउने र सेवा लिन चाहनेलाई अझ सजिलोसँग सेवा लिन सक्ने विधि बनाउने गरी उनले काम गरिरहेकी छिन।

उनी भन्छिन्, “पहिला देश अनि विदेश भनेका छौं। देशभरी राम्रोसँग सेवा दिन सक्ने भएपछि विदेशमा पनि सेवा विस्तार गर्छौ। सामान स्टोर गर्नको लागि वायरहाउस बनाउने योजना छ।”

व्यवसाय शुरू गर्दा आमासँग एक वर्षको समय मागेकी रोयक्क्षा अहिले फास्ट मुभर्स लजिस्टिकमा म्याजेजिङ डाइरेक्टर भएकै दुई वर्ष बितिसक्यो। दिन प्रतिदिन ग्राहकको रोजाइमा परिरहेको छ कम्पनी। नाम जस्तै तीब्र भइरहेको छ गति। सेवामा ग्राहकको सन्तुष्टि छ। आमा खुशी छिन् तर, एउटै गुनासो छ- कामलाई धेरै महत्व दिइस्, आफ्नै लागि समय दिइनस्। उनलाई थाहा छ, अहिले फास्ट मुभर्सलाई फास्ट मुभ गराउने बेला हो।

" /> काठमाडौं। सीए पढ्न भारत गएका दिवश दाहाल र प्रज्ज्वल थापा नेपालमा ‘लजिस्टिक’ कम्पनी चलाउन सकिने कन्सेप्ट लिएर फर्किए। उनीहरूसँग योजना र सोंच थियो। त्यो सोंचलाई उद्यमको रूप दिन चाहिन्थ्यो, व्यवस्थापनको गहिरो ज्ञान। तर, उनीहरू आफैं व्यवस्थापनमा दक्ष थिएनन्। व्यवस्थापन नै पढेकी उनीहरूकी साथी थिइन्, रोयक्क्षा केसी।

"> फास्ट मुभर्स: उच्च गति, तीब्र प्रगति (भिडिओसहित): Dekhapadhi
फास्ट मुभर्स: उच्च गति, तीब्र प्रगति (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्