कैलाली। निर्माणाधिन मोहनापुल–अत्तरिया १४ दशमल २ किलोमीटर ६ लेन सडक आयोजनाको म्याद दोश्रो पटक थप गरिएको छ । सार्वजनिक खरिद नियमावलीको नवौं संशोधनले निर्माण आयोजनाको म्याद थप्ने बाटो खुला गरेपछि सडक आयोजनाको म्याद दोश्रो पटक एक वर्षका लागि थप गरिएको आयोजनाले जानकारी दिएको छ।
सडक निर्माण व्यवसायीले मंसीरदेखि भएको लगातारको वर्षाका कारण काम गर्न समस्या भएको भन्दै सडक आयोजनाको लागि दोश्रोपटक म्याद थपका लागि निवेदन दिएका थिए। जसलाई विभागले स्वीकृत गरेको ६ लेन सडक आयोजना कार्यालय धनगढीका प्रमुख होमबहादुर एसीले बताए।
उनले पहिलो पटक ६ महीनाका लागि थपिएको सडक निर्माण आयोजनाको म्याद नियमावली संशोधन हुँदा पुनः थपिएको बताए। नवौं संशोधनले पुनः म्याद थप गर्न सकिने बाटो खुला गरेपछि व्यवसायीले दिएको दोश्रो म्याद थपको निवेदन एक वर्षका लागि स्वीकृत भएको हो।
पहिलो पटक म्याद थप हुँदा ६ लेन सडकको पहिलो खण्ड निर्माण गर्ने ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सनको म्याद यही ६ मंसीर र दोश्रो तथा तेश्रो खण्ड निर्माण गर्ने जिम्मा पाएको राजेन्द्र निर्माण सेवाको म्याद १५ माघसम्म थपिएको थियो।
निर्माण व्यवसायीले आफूहरू सुरक्षित बन्न दोश्रो पटक भ्याद थपिए पनि तोकेको समयअघि नै काम सम्पन्न गर्ने दावी गरेका छन्।
पहिलो खण्ड (मोहनापुल–बोराडाँडी) सडक निर्माणको जिम्मा पाएको नागार्जुन कन्स्ट्रक्सनका प्रोप्राइटर ईश्वरी भट्टले जेठभित्रै सडक कालोपत्रे गरिसक्ने गरी सडकको काम अघि बढाइएको बताए।
त्यस्तै दोस्रो र तेश्रो (बोराडाडी-अत्तरिया) सडक निर्माणको ठेक्का पाएको राजेन्द्र जेभीका इन्जिनियर रोशन भट्टले अहिले पाएको मंसीर सम्मको म्याद अगावै सडक निर्माणको काम सम्पन्न गरिने बताए। २०७२ फगुनमा दुई बर्षमा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो।
सडकको म्याद थपिए पनि ती सडकमा पर्ने तिनओटा पुलको भने अहिलेसम्म टुंगो लागेको छैन । तर आयोजना प्रमुख एसिले भने चाँडै पुलको समेत टेण्डर निकाल्ने बताए।