सोलुखुम्बु। सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न फेरि पनि म्याद थप हुने भएको छ। आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ।
सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पछिल्लोपटक आयोजनाले म्याद थप गरेको थियो। सन् २०१६ सेप्टेम्बर २५ देखि काम शुरू गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महीनासम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ।
आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जम्मा ३०३ टावर निर्माण गर्नुपर्नेमा १०४ निर्माण सम्पन्न र १५७ को फाउण्डेशन तयार भइसकेको छ। यस्तै, ओखलढुङ्गा जिल्लाभित्र २४, सोलुखुम्बु जिल्लाभित्र १७ र उदयपुर जिल्लाभित्र एक टावरको फाउण्डेशन निर्माणको क्रममा रहेको छ। मिर्चैया–उदयपुर–ओखलढुङ्गा–सोलुखुम्बुको लाममानेसम्म ९० किलोमिटर दूरीमध्ये साढे २९ किलोमिटर तार लाइनसमेत तानिसकिएको छ। अबको पाँच महिनाभित्र काम सम्पन्न गरिसक्ने आयोजना प्रमुख गौतमले बताएका छन्।
उदयपुरको मरुवामा ऐलानी जग्गामा मुआब्जा नपाएको विषयमा केही विवाद भए पनि अन्य क्षेत्रमा विवाद नभएकाले समयमा नै आयोजना सक्ने उनको भनाई छ। पटकपटक म्याद थप गरेको आयोजनाले लामो समयसम्म वन क्षेत्रको अनुमतिका कारण ढिलाइ भएको बताउँदै आएको थियो।
सोलुखुम्बुको विभिन्न खोलामा उत्पादन भएको विद्युत सोलुदुधकुण्ड ११ तिङ्लाको लाममानेबाट सिरहाको मिर्चैया लगेर केन्द्रीय प्रसारण लाइनमा जोडिने छ। सोलु खोलामा निजी क्षेत्रका २१७.५ मेगावाटका छ जलविद्युत आयोजना छन्। ती मध्ये २३.५ मेगावाटको माथिल्लो सोलु आयोजना निर्माण सम्पन्न भइसकेको र ८२ मेगावाटको तल्लो सोलुको काम पनि अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
निर्माण सम्पन्न भइसकेको विद्युतलाई तिङ्लामा निर्माण हुने ३३ केभी प्रसारण लाइनमार्फत ओखलढुङ्गाको रुम्जाटारमा रहेको विद्युत प्राधिकरणको वितरण केन्द्रमा जोड्ने योजना छ। रासस
" /> सोलुखुम्बु। सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाको काम सम्पन्न गर्न फेरि पनि म्याद थप हुने भएको छ। आयोजनाले निर्धारित समयमा काम नसक्दा पुनः म्याद थप गर्न सम्बन्धित मन्त्रालयमा फाइल अगाडि बढाइएको बताइएको छ।सन् २०२० को जनवरीसम्म काम सम्पन्न गर्ने गरी पछिल्लोपटक आयोजनाले म्याद थप गरेको थियो। सन् २०१६ सेप्टेम्बर २५ देखि काम शुरू गरेको आयोजनाले पहिलोपटक थप गरेको म्याद सकिएको दुई महीनासम्म ९० प्रतिशत काम पूरा भएको जनाएको छ।

">