अमेरिकी सरकारसँग प्रधानमन्त्रीको छलफल भइसक्यो, एमसिसी परिमार्जनसहित पारित हुन्छः अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन्।

आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताएका हुन्।

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने दाहालले बताए।

उनले भने, “एमसिसी कुनै बाइबल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ।” प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको दाहालले जानकारी दिए।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा आजदेखि शुरू हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए। वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्