एमसीसी सम्झौता परिमार्जन गर्न नेकपा सचिवालयमा जुट्याे सहमति
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय सदस्यहरूबीच अमेरिकासँग गरिएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता परिमार्जन गर्न सहमति जुटेको छ।

आज साँझ बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठकमा केन्द्रीय समितिले बनाएको अध्ययन कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल भएको थियो।

बैठकमा कार्यदल संयोजक झलनाथ खनालले प्रतिवेदनबारे ब्रिफिङ गर्दै सम्झौतामा गम्भीर र आपत्तिजनक विषय रहेको जानकारी गराएका थिए।

खनालको ब्रिफिङ सुनेपछि प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल पनि सम्झौता परिमार्जन गर्न सहमत भएको बताइएको छ। कार्यदलले ९ फागुनमा एमसीसी अध्ययन प्रतिवेदन दुवै अध्यक्षलाई बुझाएको थियो।

उपाध्यक्ष वामदेव गौतमले कुनै ठोस् सहमति नभए पनि सम्झौता परिमार्जन गर्नुपर्छ भन्ने विषयमा सबैको एकमत रहेको र सबैले सो प्रतिवेदन अध्ययन गरेपछि ठोस् निष्कर्षमा पुग्ने बताए।

एमसीसीको विषयमा पार्टीभित्रै एकमत नभएपछि नेकपाको माघ १५-१९ सम्म काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले अध्ययन कार्यदल गठन गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्