काठमाडौं। नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा छलफल भएको छ।
सचिवालय सदस्यमध्ये गौतममात्रै संसद छैनन्। १० फागुन साँझ बसेको बैठकमा नेताहरूले गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न आग्रह गरेका थिए।
अर्थमन्त्री डा. युवराज खतिवडाको स्थानमा उनलाई राष्ट्रपतिबाट मनोनयन गरिने प्रस्ताव राखिएको आजको नागरिक दैनिकमा समाचार छ।
“गौतमले निर्णय नदिएका कारण बैठठकले यो विषयमा कुनै निर्णय गरेन तर नेताहरू सबै सहमत भएकाले गौतमले आफ्नो निर्णय सुनाउनासाथ राष्ट्रिय सभाको सांसद बनाउने निर्णय गरिनेछ”, स्रोतले भन्यो।
यसअघि गौतम राष्ट्रिय सभामा जान अस्वीकार गर्दै आएका थिए।
उनले संविधान संशोधन गरेर राष्ट्रिय सभाका सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने प्रावधान राखेमात्र राष्ट्रिय सभामा जाने बताउँदै आएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले नै १० फागुनको बैठकमा प्रस्ताव राखेपछि गौतमले आज निर्णय दिने बताएका छन्।
" /> काठमाडौं। नेकपा सचिवालय बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा छलफल भएको छ।सचिवालय सदस्यमध्ये गौतममात्रै संसद छैनन्। १० फागुन साँझ बसेको बैठकमा नेताहरूले गौतमलाई राष्ट्रिय सभा सदस्य बन्न आग्रह गरेका थिए।

">