दक्षिण कोरियामा एकै दिन दोब्बरमा कोरोना भाइरसको संक्रमण

काठमाडौं। दक्षिण कोरियामा एकै दिनमा दोब्बर मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

९ फागुनसम्म २०४ व्यक्तिमा उक्त भाइरसको संक्रमण देखिएको दक्षिण कोरियामा २२९ जना एकै दिनमा थपिएका अन्तर्राष्‍ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन्।

योसँगै 'कोभिड-१९' कोरोना भाइरसबाट संक्रमितको संख्या कूल ४३३ जना पुगेको छ।

कोरोनाभाइरस प्रकोप ‘गम्भीर अवस्थामा’ प्रवेश गरेको त्यहाँका स्वास्थ्य उपमन्त्री किम गाङ-लिपले बताएका छन्।

दक्षिण कोरियामा कोरोना भाइरसबाट दुईजनाको मृत्यु भइसकेको छ।

डाएगु र चेओङ्डोलाई 'विशेष निगरानीको क्षेत्र' घोषणा गरिएको छ । डाएगुका सडकमा मानिसको आवतजावत घटेको छ।

यसैबीच चीनसँग स्पष्ट सम्बन्ध नभएका स्थानमा पनि कोरोनाभाइरस कोरोना भाइरस संक्रमण बढ्दै जान थालेपछि विश्व स्वास्थ्य संगठनले चिन्ता जनाएको छ।

चीनभन्दा बाहिर कोरोनाबाट संक्रमितको संख्या तुलनात्मक रुपमा कम भए पनि चिन्ताको विषय रहेको डब्ल्यूएचओका प्रमुख टेड्रोस अदानोमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्